हिमालयन उद्दार संघ लेक लाग्ने रोगको रोकथाममा कटिबद्द

नेपालको हिमाली तथा पहाडी क्षेत्रमा पर्यटकहरुलाई लेक लाग्नी रोगको बारेमा उचित सिक्षा एबम स्वास्थ्य उपचार कार्यमा संलग्न हिमालयन उद्दार संघको ४५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बार्षिक साधारण सभाको अबसरमा २४ औ पटक सगरमाथाको सफल आरोहण गरि बिश्व किर्तिमान कायम गर्न सफल आरोही कामिरिता शेर्पा लगायत संघलाई अमुल्य सहयोग गर्ने स्वदेशी एबम बिदेशी संघ संस्था तथा व्यक्ति लाई  सम्मान गरियको थियो ।

कार्यक्रममा  हिमालयन उद्दार संघ नेपालका अध्यक्ष नरेन्द्र देव भट्टले मनाङ्ग तथा फेरीचे स्वास्थ्य चौकी,सगरमाथा आधार शिबिर र गोसाईकुण्ड स्वास्थ्य शिबिर संचालन कार्यलाई निरन्तरता दिदै लेक लाग्नी रोगको रोकथामक लागि प्रभाबकारी रुपमा अगाडी  बढाईने बताउनु भयो ।नेपालको पर्बतिय पर्यटनमा हेलिकोप्टर उद्दारको नाममा देखियको बिकृति समाप्त पार्न नेपाल सरकार पर्यटन मन्त्रालय  सहितको खोज तथा उद्दार कार्यदलमा संघ सदस्य रहेको बताउदै कार्यदलले कार्य गरिरहेको जानकारी गराउनु भयो ।

साधारण सभामा संघका महासचिव पृथ्बी श्रेष्ठले संस्थाको प्रगीती प्रतिबेदन एबम २०७६/०७७ को कार्यक्रम तथा योजना प्रस्तुत गर्नुका साथै कोषाध्यक्ष श्रीराम खत्रीले २०७५ /०७६ को लेखा परिक्षण प्रतिबेदन तथा २०७६ /०७७ को बार्षिक बजेट प्रस्तुत गर्नु भयको थियो ।महासचिव तथा कोषाध्यक्षको प्रतिबेदन उपर सभामा छलफल पश्चात पारित गरियको छ । 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest