नेपाल र जापानबिच हवाइ सेवा सम्झौता

स. सम्वाददाता
नेपाल र जापानबीच हालै सिधा हवाई सेवा सम्झौता भएको छ । जापानका विदेशमन्त्री तारो कोनो र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले काठमाडौंमा एक समारोहकाबीच हवाई सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
जापानी विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आएका थिए । यसअघि सन् १९९३ मा जापानस“ग भएको सम्झौतालाई नवीकरण गर्न गत असारमा दुई देशबीच सहमति भएको थियो । नया“ सम्झौतापछि नेपाल–जापानबीच सातामा १४ वटासम्म उडान गर्न सकिने भएको छ ।
जापानको नारिता विमानस्थलसहित अन्य विमानस्थलबाट यो सेवा सञ्चालन हुनेछ । टोकियोको सबैभन्दा ठूलो एयरपोर्ट हानडामा भने नेपाली वायु सेवाले प्रवेश नपाउने भएको छ । यो सम्झौता पछि नोल भ्रमणमा आउने जापनिज् पर्यटकहरुको संख्यामा बृद्धि हुनुका साथै जापानमा बस्ने नेपालीले अधिकतम् लाभ लिन सक्ने देखिन्छ ।
हाल नेपाल वायु सेवा निगमका विमानले भारतका तीन सहरहरु मुम्बई, बेंगलुरु, दिल्लीसहित दुवई, हङकङ, मलेसिया, दोहा कतार, बैंककमा उडान भर्दै आएका छन् । वाइडबडी विमान मार्फत् जापान, कोरिया र चीनमा सिधा हवाई उडान गर्ने योजना निगमले बनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest