नेपाल भ्रमणमा आउने पर्यटक २५ प्रतिशतले बृद्धि

नेपाल भ्रमणमा आउने पर्यटकको संख्या हालसम्मकै उच्च रहेको छ । यो संख्या गत वर्षको तुलनामा झण्डै २५ प्रतिशतले वृद्धि हो ।
अध्यागमन विभागका अनुसार सन् २०१८ को अन्तिमसम्म ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । २०१८ मा हवाईमार्गबाट जम्मा ९ लाख ६९ हजार २ सय ८७ र स्थलमार्गबाट २ लाख ३ हजार ७ सय ८५ अन्तर्राष्ट्रिय पर्यटक नेपाल प्रवेश गरेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
बोर्डको तथ्यांक अनुसार बढोत्तरीका हिसाबले चीनबाट नेपाल आउने पर्यटकको संख्या उल्लेख्य रहेको छ ।
नेपाल भित्रिने पर्यटक स्रोत बजारमा चीनलाई दोस्रो मानिन्छ । २०१८ मा १ लाख ५३ हजार ६ सय २ चिनिया“ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या २०१७ भन्दा ४६ दशमलब ८ प्रतिशतले बढी हो ।
यस्तै हवाईमार्ग भएर नेपाल आउने भारतीय पर्यटकहरुको संख्यामा गत वर्षकोे तुलनामा २५ दशमलव १ प्रतिशतले वृद्घि भएको छ । २०१८ मा कुल २ लाख ४ सय ८३ भारतीय पर्यटक हवाईमार्ग हु“दै नेपाल प्रवेश गरेका छन् ।
श्रीलंकाबाट नेपाल आउने पर्यटकको संख्यामा २०१७ को तुलनामा ५५ दशमलब ७ प्रतिशत वृद्घि भएको छ भने सार्क मुलुकहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा २६.४ प्रतिशतले वृद्धि भई कुल आगमन संख्या ३ लाख १ हजार ९ सय ६३ पुगेको छ ।
सन् २०१८ मा नेपाल भ्रमण गर्ने अमेरिकी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बृद्घि भई ९१ हजार ७ सय ८५ पुगेको छ ।
त्यस्तै, अस्ट्रेलियाबाट आउने पर्यटकको संख्या १५ प्रतिशतले वढेर ३८ हजार ४ सय ८ पुगेको छ । २०१८ मा युरोपेली पर्यटकको आगमनमा पनि उल्लेख्य वृद्घि देखिएको छ । २०१७ भन्दा २०१८ संयुक्त अधिराज्यबाट आउने पर्यटक १५ दशमलब ६ प्रतिशतले बढेका छन् ।
२०१८ मा संयुक्त अधिराज्यबाट ६३ हजार ८६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । जर्मनीबाट ३६ हजार ८ सय ३३ पर्यटक नेपाल भ्रमणमा आएका छन् जुन २०१७ भन्दा २३ दशमलब १ प्रतिशतले वृद्धि हो । यस्तै फ्रान्सबाट ३१ हजार ६ सय ५३ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो २०१७ भन्दा २१ दशमलब १ प्रतिशत वृद्धि भएको हो । थाइल्याण्डबाट आउने पर्यटक २०१८ मा ३६ प्रतिशत, दक्षिण कोरियाबाट ८ दशमलब ३ र जापानबाट ८ दशमलव ९ प्रतिशतले बढेका छन् ।
विगत तीन वर्ष यता पर्यटक आगमनमा लगातारको वृद्घिले सम्पूर्ण पर्यटन सरोकारवालाहरुमा उत्साह र आत्मविश्वास बढेको देखिन्छ । सरकारी निकायहरु, निजी पर्यटन व्यवसायी र सञ्चारमाध्यमहरु बीचको सहकार्यलाई नै नेपालको पर्यटनलाई नया“ उचाइमा पु¥याउने मुल मन्त्रको रुपमा लिन सकिने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीले बताउनु भएको छ ।
सन् २०२० मा नेपालले २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ । भैरहवा अन्तर्र्रािष्ट्रय विमानस्थल बनिसक्ने भएकाले सीधै लुम्बिनीमा आउने बौद्ध पर्यटकले यो लक्ष्य भेट्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ । तर यो संख्या पु¥याउन सरकारको लागि चुनौतीपूर्ण देखिन्छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest