रेष्टुरेन्टको १० प्रतिशत सेवा शुल्क हटाइयो

स. सम्वाददाता
काठमाडौं, पोखरा र चितवनका रेस्टुरेन्ट तथा बारहरुमा ग्राहकहरुबाट लिइने सेवा शुल्क हटाइएको छ । रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेबान (काठमाडौं, पोखरा र चितवन)को रेष्टुरेन्ट व्यवसायिहरुको भेलाले ग्राहकहरुबाट लिइने १० प्रतिशत शुल्क हटाउने निर्णय गरेको हो ।
टिप्सको सट्टा अनिवार्य रुपमा ग्राहकबाट सेवा शुल्कको नाममा अतिरिक्त १० प्रतिशत जोडेर रेष्टुरेन्ट व्यवसायिहरुले रकम लिंदै आएका थिए । उपभोक्ताको हित तथा अनुरोधलाई ध्यानमा राखी क्रमिक रुपमा लागू हुने गरी सेवा शुल्क हटाउने निर्णय गरिएका रेबानद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यस निर्णयस“गै काठमाडौं, पोखरा र सौराहाका बार तथा रेस्टुरेन्टमा सेवा प्रयोग गरेवापत अतिरिक्त रुपमा लिइदै आइएको १० प्रतिशत सेवा शुल्क नलाग्ने भएको छ ।
यस निर्णयको भने मजदुर संगठनहरुले विरोध जनाएका छन् । आपूmले खाइ–पाई आएको सुविधा कटौती भएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest