भिटोफ नेपालको साधारण सभा भदौ १५ मा

स. सम्बाददाता

गाउँ पर्यटन प्रबर्दन मञ्च (भिटोफ– नेपाल) को २४ औं वार्षिक साधारणसभा आगामी भदौ १५ मा हुने भएको छ । मञ्चको हालै बसेको कार्यसमिति बैठकले साधारणसभाको मिति तोकेको हो । हरेक बर्ष जुलाई ३१ मा साधारणसभा हुने गरेको भए पनि यसपटक कोभिड १९ कारण अलि ढिला साधारणसभा गर्नु परेको अध्यक्ष ध्रुब सिम्खडाले बतायका छन् ।

साधारणसभाका लागी आगामी भदौ २ गते सम्म सदस्यता नवीकरण र नयाँ सदस्यता समेत लिन सकिने समय तोकियको छ । आगामी साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्ने सिम्खडाले वताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest