सौराहाका होटल यथावत सञ्चालनमा

लगातारको अविरल वर्षास“गै आएको बाढिका कारण प्रभावित चितवन, सौराहाका होटलहरु यथावत
सञ्चालनमा आएको व्यवसायिले बताएका छन् । वर्षाका कारण आएको बाढीले चितवनका १ सय १० वटा होटलमा क्षति पुगेको थियो । बाढीका कारण प्रभावित होटलहरु पुन सञ्चालनमा आएको बताइएको छ । बाढीले करिब १५ करोड बराबरको क्षति पुगेको होटल संघ चितवनले जनाएको छ ।
होटल संघ चितवनले जारी गरेको विज्ञप्ति अनुसार बाढीका कारण होटलहरुमा मानवीय क्षति नभएको बताइएको छ । पानीको वहाव घटेस“गै होटल व्यावसायिले सरसफाइ पछि होटल सञ्चालनमा ल्याएको संघले बताएको छ । बाढी आएको बेला सौराहमा आन्तरिक र विदेशी पर्यटक गरी करिब ६ सय पर्यटक रहेको र उनीहरुलाई उद्दार गरिएको थियो ।
नारायणगढ मुग्लिन सडक खण्डका केही भाग बिग्रेका कारण सौराहाको पर्यटन व्यवसायमा असर परेको
थियो । आन्तरिक र बाह्य पर्यटकहरुमा कमी आएको बेला बाढीले सौराहाका होटल व्यवसायिहरु थप मारमा परेका छन् ।
चितवनको पर्यटन व्यवसायमै क्षती पुग्न गएको भन्दै व्यवसायीले बैंकको ब्याजदरमा सहुलियत दिन ठोस निर्णय गर्नुपर्ने बताएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest