नेपाल निर्यात परिषदमा नया कार्यसमिति

काठमाडौँ –नेपाल निर्यात परिषदले पौष २२ गते एक कार्यक्रमको आयोजना गरि चौथो निर्यात दिवस मनायको छ ।निर्यात दिवसका अबसरमा अर्थमन्त्री युबराज खतिवडाले कृषिमा आधारित निर्यात व्यापार तर्फ लाग्न सुझाब दिनु भयो ।निर्यातजन्य बस्तुको विविधिकरण गरि निर्यातलाई बढाउनु पर्ने ब्यक्त गर्नु भयो ।

निर्यात परिषदले हरि बहादुर कार्कीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।निर्बिरोध निर्बाचित कार्यसमितिमा प्रथम उपाध्यक्षमा रेशम बहादुर पोख्रेल,दितीय उपाध्यक्षमा नरेश लाल श्रेष्ठ, महासचिबमा रामशरण थपलिया ,कोषाध्यक्षमा हरि दाहाल, सचिबमा कन्हैयालाल शाह र सह कोषाध्यक्षमा राजु बानिया रहेका छन् ।

कार्यसमिति सदस्यमा हरि प्रसाद ढकाल, अमृतमान श्रेष्ठ ,बसन्त राज अधिकारी , हरिशरण भेटवाल र बल बहादुर नेपाल रहेका छन् । कार्यसमितिले श्याम शर्मा र गणेश पराजुलीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest