नाट्टामा दिगो नीति र थिति बसाल्न भिम पन्त समूहको उम्मेदवारी

काठमाडौँ , नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आगामी माघ ३ गते (जनवरी १७) मा हुन गईरहेको निर्वाचनका लागी मनोनयन दर्ता गरेका अध्यक्षका उम्मेदवार भीम प्रसाद पन्त समुहले पत्रकार सम्मलेन गरि उम्मेदवार परिचयात्मक कार्यक्रम गरेको छ । 

पन्त समुहको बरिष्ठ उपाध्यक्षमा विनय वस्नेत,उपाध्यक्षमा बरुण मेहता,महासचिवमा सुधिर कुमार उपाध्याय,सचिवमा जिस्वा तुलाधर श्रेष्ठ,कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ,सह–कोषाध्यक्षमा युविका भण्डारीले मनोनयन दर्ता गरेका छन । त्यस्तै सदस्यहरुमा सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ ,विष्णु कार्की, लक्ष्मि कार्की अधिकारी, चुडा वहादुर जिम्बा,गीता ढकाल (रेजु), डेण्डी शेर्पा र रामशोभित नायक रहेका छन ।

कार्यक्रममा नाट्टाका वर्तमान अध्यक्ष सी. एन पाण्डे,पूर्व अध्यक्ष ध्रुब नारायण श्रेष्ठ, टानका पूर्व अध्यक्ष सिताराम सापकोटा, ज्योति अधिकारी लगायत पर्यटन ब्यबसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्षका उम्मेदवार भिम प्रसाद पन्तले नाट्टामा दिगो नीति र थिति बसाल्न आफुले  उम्मेद्वारी दियको र समग्र नाट्टाको हितको लागी आफुले काम गर्ने वताए । अध्यक्षका प्रत्यासी पन्तले अच्युत गुरागाईं र मिहिका शाहको टिमलाई उम्मेदवारी फिर्ता लियर आफ्नु टिमलाई सहयोग गर्न आग्रह गरे ।
 आफु नाट्टामा कार्यसमिति सदस्य हुदै महासचिब रहेर योगदान गरिसकेको कुरा ब्यक्त गरे ।

त्यस्तै महासचिव पदका उम्मेदवार सुधिर कुमार उपाध्यायले आफ्नो प्यानलको प्रतिबद्दताहरु प्रस्तुत गर्दै भिम पन्तको टिममा पर्यटन ब्यबसायमा लामो अनुभब संगालेका ब्यबसायीहरुको सहभागिता रहेको भन्दै नाट्टा सदस्यहरुलाई अत्यधिक मतले बिजय गराउन आग्रह गरे ।

कार्यक्रममा कोशाध्यक्षका उम्मेदवार हरिभक्त श्रेष्ठले नाट्टालाई आर्थिक समृदि तर्फ लैजाने प्रतिबद्दता ब्यक्त गरे ।

कार्यक्रममा भिम प्रसाद पन्त समूहका निर्बाचन परिचालन मूल समितिका संयोजक डी.के शर्माले भिम प्रसाद पन्त समूह बिशुद पर्यटन ब्यबसायीको टिम भयको भन्दै एस टिमलाई जिताउन आग्रह गरे ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest