फोटो नेपालको सुभारम्भ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराईले एक कार्यक्रमका बीच फोटोनेपल डट ट्राभल वेबसाइट को सुभारम्भ गर्नुभएको छ ।नेपाल पर्यटन बोर्डले बनाएको उक्त साईट सुभारम्भ गर्दै मन्त्रि भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई प्रबर्दन गर्ने सिलसिलामा थप सहयोग पुग्ने बताउनु भयो ।

भ्रमण बर्षमा पर्याप्त सुचना सामाग्री नभयको गुनासो आईरहेको बेला नेपालका पर्यटकीय गन्तब्यको परिचय सहितको सामाग्री डिजीटल प्रबिधि मार्फत प्रचार प्रसार गर्न आबस्यक रहेको र एस तर्फ बोर्डलाई ध्यान दिन आग्रह गर्नु भयो ।साथै फोटोपत्रकारलाई बढी भन्दा बढी फोट राख्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपक राज जोशीले नेपालका पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसार गर्न र फोटोपत्रकारलाई प्रबर्दन गर्न फोटोनेपल डट ट्राभल वेबसाइट प्रभाबकारी हुने बताउनु भयो । कार्यक्रममा पर्यटन बोर्डका म्यानेजर सुधन सुबेदीले बिगत चार वर्ष देखि बोर्डले फोटोनेपल प्रदर्सनी गर्दै आएको बताउदै यस वेबसाइट मार्फत नेपालका बिबिध फोटोहरु खोज्न सजिलो हुने र प्रयोग गर्न सकिने बताउनु भयो ।हालसम्म एक हजार भन्दा बढी फोटोहरु राखिएको र दैनिक पाच हजारले भिजिट गरिरहेको जानकारी गराईएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest