पर्यटक पथप्रदर्शकहरुका लागि पुर्नताजगी तालिम सम्पन्न

स.सम्बाददाता    

टुरिष्ट गाइड एशोसिएसन नेपाल (टुरगान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड,  र  युएनडिपीको संयुक्त परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना(एसटीएलआरपी) को सहयोगमा काठमाडौंमा पर्यटक पथप्रदर्शकहरुका लागि पुर्नताजगी तालिम सम्पन्न भएको छ ।

तालिम समापनको अवसरमा बोल्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष  चन्द्र रिजालले पर्यटक पथप्रदर्शकको क्षमता अभिवृद्धिको लागि बोर्डले यो तालिमआयोजना गरेको बताउनु भयो । ‘पर्यटकलाई सहीजानकारी दिने पथप्रदर्शक नै खास पर्यटनदूतहुन । उनीहरुले पर्यटकलाई गर्ने व्यवहार र सूचनाले नै नेपालबारे उनीहरुको दृष्टिकोणबन्छ । नेपालको छवीलाई कस्तो बनाउने भन्ने कुरा पनिजोडिन्छ । त्यसैले यो तालिम आफैमा महत्वपूर्ण छ । ’ उहाँले भन्नुभयो ।

नाथमका ट्रावल एण्ड टुरिजम विभागका विभागिय प्रमुखअजय ढकालले नाथमले प्रदान गर्ने तालिमले नेपालको पर्यटन क्षेत्रमाथुप्रै जनशक्ति उत्पादन भएको जानकारीदिँदै यस्तातालिमहरुले सम्बन्धित क्षेत्रमा कामगरिरहेको व्यक्तिको व्यीक्तत्वविकासको साथै नयाँ परिवर्तनबारे जानकार िहासिलहुने बताउनु भयो ।

प्रदेशपर्यटन ऐनले लाइसेन्स नवीकरणकालागि रिफ्रेसमेन्टतालिमअनिवार्य गरेको अवस्थामाआयोजनागरिएको यो तािलमलाई व्यबहारिक बनाउन३ दिन सैद्धान्तिक र २ दिनप्रयोगात्मकहुने ५ दिलको कोर्श डिजाइनगरिएको जीविकोपार्जन पुनःउत्थानकालागिदीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जन विज्ञधर्म दवाडीले जानकारी दिनुभयो ।

यो तालिमबाटपथप्रर्दशकहरुले थुप्रै व्यहारिक ज्ञानका पर्यटनका नयाँ आयामहरुबारे जानकारी हासिल गरेको साथै टुरिस्ट गाइडएसोसिएसन नेपालका  अध्यक्षबद्री नेपालले जानकारी दिनुभयो ।

नेपाल  पर्वतारोहण संघका वरिष्ठउपाध्य क्षठाकुर प्रसाद पाण्डेले तालिममा सिकेको सिपलाई व्यबहारमाप्रयोग गर्न सके यसले नेपालको पर्यटन क्षेत्रले फाइदालिने बताउनु भयो । प्रशिक्षणमाहिन्दु, बौद्ध धर्म र संस्कृति, गाइडिङ विधि, सुरक्षा, महामारीपछिको पर्यटनमाआएको परिवर्तन लगायतकाविषयमापर्यटनबोर्डका पूर्व कार्यकारी प्रमुख प्रचण्डमानश्रेष्ठ,डा. विनापौडेल, पशुपति न्यौपाने, पुण्यप्रसाद पराजुली लगायतले प्रशिक्षण दिनुभएको थियो ।तालिममा ५५ जना पथप्रदर्शक सहभागी रहेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest