पर्बतारोहण संघले उठाएको हिमालको रोयल्टी सरकारलाई बुझाउन निर्देशन

नेपाल पर्बतारोहण संघले लामो समयदेखि केहि साना हिमालहरुको आरोहण दस्तुर उठाउदै आयको छ । नेपाल सरकारले नेपाल पर्बतारोहण संघलाई २७ वटा हिमचुलीहरुको आरोहण रोयल्टी उठाउने र ति हिमालहरुको ब्यबस्थापन गर्ने जिम्मा समेत दियको छ ।संघले ति हिमालहरुको प्रबर्दन गर्नुका साथै अन्य हिमालहरुको प्रचार प्रसार र सरसफाई गर्ने तथा भौतिक पूर्वाधार निर्माण र पर्बतारोहण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न किसिमका तालिमहरु संचालन गर्दै आयको छ ।

संघले गर्दै आयका कार्यहरुलाई असर पर्ने गरि नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्बतारोहण संघलाई पत्राचार गरि संघले उठायको र उठाउने हिमालको रोयल्टी बापतको  रकम सरकारी कोषमा जम्मा गर्न निर्देशन दियको छ । संघको वर्तमान कार्यसमितिले यस्तो गम्भीर विषयमाथि सल्लाहकार र साधारण सदस्यलाई समेत जानकारी नगराई संघको खातामा रहेको रकम सरकारी कोषमा पठायको प्रति पर्वतारोही तथा साधारण सदस्यहरु चिन्तित देखियका छन् ।

साधारण सदस्यहरु तथा पर्बतारोहिहरुले हस्ताक्षर संकलन गरि बिशेष साधारण सभाको माग गरि सरकारको उक्त निर्णय सच्याउन मन्त्रालयमा हस्ताक्षर बुझाउने तयारी गरेको साधारण सदस्यहरुको भनाइ छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest