सम्पदाहरुको पुनर्निर्माण कार्य २ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले २०७२ सालको भुकुम्पबाट क्षेतिग्रस्त सम्पदस्थाल्को पुनर्निर्माण कार्या २ वर्ष भित्र सम्पन्न गरिने बतायका छन् ।३१ जिल्लाका ९ सय २० वटा सम्पदा मध्ये ४ सय वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको बताएका छन ।

 आईतबार पुरात्तत्व विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रि भट्टराईले जानकारी गरायका हुन । चालू आर्थिक बर्ष भित्र १ सय ५० ओटा सम्पदाहरुको पुनर्निर्माण गर्ने सरकारको लक्ष्य रहेको उनले बताय । मन्त्री भट्टराईले सम्पदा पुनर्निर्माण कार्य हाल सम्म  ६० प्रतिशत सम्पन्न भईसकेको र आगामी २ बर्ष भित्र ४० प्रतिशत बाँकी काम समेत सम्पन्न गरि विश्व समुदाय सम्म पुनर्निर्माण कार्य सम्पन्न भएको घोषणा गरिने बताए ।

नेपालमा पर्यटकहरु हिमाल हेर्न मात्र नभएर संस्कृतिक तथा धार्मिक सम्पदा अबलोकन र अध्यन गर्न पनि आउने भयकाले सम्पदा संरक्षण गर्नु सरकारको दायित्व भएको र ति क्षेत्रहरुमा पर्यटकीय प्रर्वद्धन गर्न पनि सरकार लागिपरेको बताएका छन । काठमाडौँ भित्र ३१९ वटा क्षतिग्रस्त सम्पदाहरु मध्ये ९९ वटा सम्पन्न भइसकेको र १६८ वटा चालु बर्षमा सकिनी र काठमाडौ भित्र रहेका सम्पदालाई एक अर्कासँग जोडने गरि साईकल लेन बनाउने समेत जानकारी दिए ।  नेपालमा प्राचिन सभ्यताका सम्पदा स्थलहरु भएकाले जुनसुकै मुलुकका अध्ययनकर्ता एक पटक नेपाल आउनै पर्ने बताएका छन । सरकारले अतिक्रमण गरेका सिमा तथा सरकारी जग्गा र अतिक्रमित सम्पदास्थलहरु  समेत फिर्ता ल्याउने गरि काम गरिरहेको जानकारी दिए

  लुम्बिनी लगायत धार्मिक क्षेत्रमा धर्मका नाममा व्यापार भयको विषयमा मन्त्रालयले अनुगमन गरि दोषीलाई कारवाही गर्ने पनि उनले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest