काभ्रेको नागीडाडामा विमानस्थल बन्ने अनिश्चित

स. सम्वाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान एवं अवतरण समेत हुने गरेकाले अन्तर्राष्ट्रिय उडानहरु प्रभावित हुने गरेको भन्दै पर्यटन मन्त्रालयले आन्तरिक उडानलाई काठमाडौं नजिक विमानस्थल निर्माण गरी व्यवस्थापन गर्ने निर्णय स“गै काभ्रेको नागीडा“डा आन्तरिक विमानस्थलका लागि उपयुक्त हुने ठहर गरेको थियो । उक्त विमानस्थलको निर्माण बारे अध्ययन गर्न गठित संसदको श्रम तथा अन्तर्र्रािष्ट्रय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले काभ्रेको नागीडा“डामा विमानस्थल आवश्यक नभएको ठहर गरेको छ । उपसमिको यस प्रतिवेदनले काभ्रेको नागीडा“डामा विमानस्थल बन्ने अनिश्चित भएको छ ।
उपसमितिले निजगढ अन्तर्र्रािष्ट्रय विमानस्तथलको निर्माण अघि बढ्ने समयमा काठमाडौं आसपास अर्को विमानस्थल बनाउन आवश्यक नहुने बताएको छ । उपसमितिले निजगढ विमानस्थल प्रस्तावितभन्दा केही सय मिटर दक्षिणतर्फ सारेर बनाउन पनि सिफारिस गरेको छ । निजगढ विमानस्थलस“गै नया“ सहर बसाउन आवश्यक नभएको निश्कर्ष निकालेको छ । प्रतिवेदन बुझाएपछि पूर्वप्रधानमन्त्री नेपालले व्यवसायिक सम्भावना नहेरि विमानस्थल निर्माणको औचित्य नरहेको बताएका थिए ।
यो वर्ष सरकारले नागीडा“डामा विमानस्थलबारे अध्ययन गर्न भन्दै ५० करोड रूपैया“ विनियोजन गरेको छ । त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको चाप घटाउनका लागि काभ्रेको नागीडा“डामा आन्तरिक विमानस्थल बनाउने प्रक्रिया सुरु गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ वर्र्षिभत्र यसको निर्माण सक्ने भन्दै काम अघि बढाएको थियो । तर, संसदीय उपसमितिले यो विमानस्थल आवश्यक नै नभएको निश्कर्ष निकालेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विमानस्थल निर्माणका लागि जग्गा प्राप्ती गर्न मन्त्रालयले यो वर्ष २५ करोड रुपैया“ उपलब्ध गराएको छ । नागीडा“डामा हाल वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को प्रक्रिया अघि बढिसकेको छ । केही समयभित्रै ईआईए प्रतिवेदन आउने र त्यसपछि जग्गा अधिग्रहणको काम गर्ने योजना छ ।
यसअघि काठमाडौंको नजिकै उपयुक्त स्थान छनोट गर्नको लागि गठन भएको एक प्राविधिक अध्ययन समूहले नागिडा“डा आन्तरिक विमानस्थलका लागि उपयुक्त भएको निष्कर्ष निकालेको थियो । यो निर्माण भएपछि त्रिभुवन विमानस्थलको एयर ट्राफिक चाप २० देखि ३० प्रतिशत कम हुने तर्क अघि सारिएको थियो ।
अहिले त्रिभुवन विमानस्थलबाट आन्तरिक गन्तव्यमा हुने ३५ प्रतिशत उडान पहाडी विमानस्थलका लागि हुन्छन् । त्यसबाहेकको ६५ प्रतिशत उडान ट्रंक रुटमा हुन्छ ।
नागीडा“डा विमानस्थलका लागि उपयुक्त हुने साना जहाज भनेका ट्विनअटर, डोर्नियर, वाई(१२ ई र एलईटी मात्र हुन् । तर, सरकारले अब पर्यटकको आगमन तीव्र रुपमा बढ्ने भएकाले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनललाई नागीडा“डामा सार्नु अत्यावश्यक हुने बताउ“दै आएको छ ।
त्रिभुवन विमानस्थलदेखि नागीडा“डा जमिनबाट २४.६ किमी पर छ भने नर्टिकल माइलका आधारमा ८.६२ टाढा छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest