स. सम्वाददाता
बनेपा–सिन्धुली–वर्दिवासमा पर्ने सुनकोशी नदीको मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्टमा प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमनी पौडेलले भ्रमण गरेका छन् ।
केहि समयअघि सञ्चालनमा आएको सुविधा सम्पन्न रिसोर्टमा मुख्यमन्त्री पौडेलस“गै आर्थिक मामिलामन्त्री कैलाश ढेड्डेल, सांसद हरिबोल गजुरेल, सुनकोशी गाउ“पालिकाका मेयर दिपा बोहरा दाहाल, सांसद राजन दाहाल लगायत अन्य विशिष्ट व्यक्तिहरुले भ्रमण गरेका छन् । उनीहरुले ताज रिभरसाइड रिसोर्टमा एक रात विताएका छन् । भ्रमणका क्रममा मुलकोट क्षेत्रका पर्यटन व्यवसायिहरुले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न आपूmहरु लागि परेको र समस्या समाधानका लागि व्यवसायिहरुस“ग छलफल गरेका थिए । व्यवसायिहरुले पर्यटन क्षेत्रमा देखिएका समस्याका बारेमा अवगत गराएका थिए ।
मुख्यमन्त्री सहितको टोलीलाई ताज रिभरसाइड रिसोर्टका अध्यक्ष टलक बहादुर श्रेष्ठले स्वागत गर्दै रिसोर्टका बारेमा जानकारी गराउनु भएको थियो । सोही अवसरमा रिर्सोटका म्यानेजिड्ड डाइरेक्टर मनोज श्रेष्ठ, सञ्चालक तेज बहादुर जर्गा, क्षितिज सञ्जेल लगायतले स्वागत गरेका थिए । रिभरसाइड रिसोर्टमध्ये ताज रिभरसाइड रिसोर्टले पर्यटकहरुलाई उच्चस्तरिय सुविधा प्रदान गरेको छ ।