नेपालको अर्थतन्त्र तथा पर्यटन उद्दयोगलाई नयाँ दृष्टिकोण दिनु पर्छः डा.प्रघानाङ्ग

नेपालको अर्थ व्यवस्था एवं पर्यटन उद्योगलाई अब नयाँ दृष्टिकोणले अगाडि बढाउनु पर्ने पर्यटन अर्थविज्ञ एवं गाँउ पर्यटन अवधारणाका जन्मदाता डा. सुरेन्द्भक्त प्रघानाङ्गले बताउनु भएको छ ।

नेपालको अर्थतन्त्र ‘लाहुरे अर्थतन्त्र’ मा अडिएको छ  भने पर्यटन उद्योगको विकासले नेपालको अर्थ व्यवस्थाको इज्जत राखेको छ । आफ्नो देशमा नेपाल सरकारले रोजगारी सृजना गर्न नसक्दा कर्मबिर  युवा शक्ति विदेशीनु पर्ने वाध्यता देशले बनाई दिएको छ । ६० लाख नेपाली जनता भारतमा काम र माम पाउन जाने आउने गरेको तथ्याड्क  भारतीय टि.भी आजतकले बताएको छ । त्यसको तुलनामा भारतीय नागरिक नेपालमा काम र मामका लागि आउने गरेको संख्या ६ लाख रहेको छ । यस अर्थमा भारतीय तथा नेपाली कामदार रोजगारीको लागि आउने जाने १० /१० को अनुपातमा छ । यसै गरी समुन्द्रपार देश अमेरिका, क्यानाडा, मलेशिया, अस्ट्रेलिया आदि देशमा रहने नेपालीको छुट्टै तथ्यांक  रहेको छ ।

नेपालको अर्थतन्त्रलाई ‘नेपाली लाहुर’ लेखा व्यवस्थाले उचालेको छ । नेपालीहरु विदेशीएर अत्येन्त दुःख गरी कमाएको पैसा नेपालमा पठाउने गरेको छ । ८ खर्ब रुपिँया ‘रेमिटेन्स’ पठाउने गरेकाले देशको अर्थ व्यवस्थालाई वचाइरहेको छ । तर सरकार क्रियाशिल एवं उत्तरदायी छैन । नेपाली जनता–जवान लाई लाहुरे बनाउनमा सरकार मस्त छ ।

अब देशमा कोरोनाको महामारी भएको छ । यसलाई हटाउन र हराउन पनि सकेको छैन । ज्योतिषिशास्त्री एवं मानव कल्याण विज्ञहरुले अप्रिल २१, २०२१ पश्चात अर्थात ७÷८ महिना पछि मात्र कोरोना ‘भाईरस’ नियन्त्रणमा आउन सक्ने बताएका छन् ।

अब यस अवस्थामा के गर्ने भन्ने प्रश्न उठीरहेको छ ?

नेपाल सरकार एवं पर्यटन व्यवसायीहरुले कोरोना मुक्त पर्यटकीय गाउँ (Corona Free Tourism Village) को व्यवस्थापन गर्नु पर्दछ । यस्तैगरी शहरमा पनि कोरोना मुक्त पर्यटकीय शहर (Corona Free Tourism city) को अवधारणा ल्याउनु पर्दछ । कोरोना भाइरस परीक्षण गरि कोरोना भाईरस नेगेटिभ (Corona Virus Negative ) भएका व्यक्ति तथा पर्यटकलाई ‘Host and Guest relationship’ को दृष्टिकोणले हेर्नु र व्यवस्थापन हुन जरुरी छ । यस्तै गरी पर्यटन हस्पिटल (Tourism Hospital) को पनि शुभारम्भ गर्नु आवश्यक छ । ‘Host and Guest relationship’ गर्ने अवधारणाले देशको पर्यटन उद्योगले फड्को मार्ने छ । साथै कोरोनाबाट बच्न र बचाउन आवश्यक वातावरण तयार गर्नु पर्दछ । Lockdown मात्रै समस्याको हल भएन । नेपाल सरकार तथा सचेत नागरिकले मुलुकको लागि विभिन्न राहत प्याकेज तथा पर्यटन व्यवस्थापन पद्दति अवलम्बन गर्नु  आजको समयको माग हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest