ट्राभल ब्यबसाय संग सम्बन्धित विभिन्न तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान

स.सम्बाददाता

नेपाल पर्यटन बोर्ड, जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) संगको सहकार्यमा विभिन्न समयमा आयोजना गरेको ट्राभल ब्यबसाय संग सम्बन्धित विभिन्न तालिमहरुका सहभागीलाई प्रमाणपत्र प्रदान गरेको छ ।

नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रममा तालिमका सहभागी प्रशिक्षार्थीहरुलाई संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्तालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष सुरेश अधिकारी, युएनडीपीका नेपाल स्थित आवासिय आएसानी लावे र  बोर्डका कार्यकारी प्रमुख डा. धननन्जय रेग्मीले हालै एक समारोहका बीच  प्रमाणपत्र वितरण गर्नु भएको छ । परियोजनाले विभिन्न स्थानमा एअर टिकेटिङ ,टुर अपरेटर, कस्टमर सर्भिस गरी ३०० जनालाई तालिम दिएको थियो ।

कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै मन्त्तालयका सचिव अधिकारीले पर्यटनको विकासको लागि दक्ष जनशक्ति आवश्यक रहेको बताउँदै यो तालीमबाट उत्पादित जनशक्तिले पर्यटन उद्योगमा थोरै भएपनि सहयोग पुग्ने बताउनु भयो । युएनडीपीका नेपाल स्थित आवासिय आएसानी लावेले (एसटीएलआरपी) परियोजनाको मध्यमबाट नेपालको पर्यटन क्षेत्रमा युएनडीपीले काम गर्न पाउँदा खुशी लागेको बताउँदै आउने दिनमा पनि कुनै नयाँ परियोजनामा काम गर्न सकिने धारणा राख्नु भयो । बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक डा. धनन्ज्य रेग्मीले पर्यटनसंग सम्बन्ति संस्थाहरुको माग र आवश्यक्ता अनुरुप यस्ता तालिमहरु सञ्चालन गर्नु पर्ने आवश्यक्ता माथी जोड दिनुभयो ।

बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले कोभिडबाट पर्यटन क्षेत्र थलिएको आवस्थामा शुरु गरिएको परियोजनाले अल्पकालीन रोजगारी,पर्यटकीय प्रडक्ट निर्माण तथा जनशक्ति विकासमा काम गरिरहको र यसबाट समग्र पर्यटन क्षेत्र लाभान्वित भएको बताउनु भयो ।  कार्यक्रममा नाटाका अध्यक्ष रमेश थापाले परियोजनासंग सहकार्यमा गरिएका तालिमहरुमा आर्कषण र प्रभावकारिता दुवै रहेको जानकारी दिँदै आउँदा दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नाटाका महासचिव कुमारमणी थपलिया,सचिव युविका भण्डारी लगायतले परियोजनासंगको सहकार्यमा भएका काम र तालिमका बारेमा प्रकाश पार्नु भएको थियो ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्य तथा सहलगानीमा कोभिड(१९ को संकटको कारणले रोजगार र आय आर्जनका अवसरहरु गुमाएका पर्यटन क्षेत्रका श्रमिक वा मजदुरहरुले अल्पकालिन रोजगारका अवसरहरु प्राप्त गर्ने र प्रमुख पर्यटकीय गन्तब्यस्थलहरुका पर्यटकिय सम्पदाहरुको सम्वर्धन र विकासका कार्यक्रम मार्फत पर्यटन उद्यमी र श्रमिकहरुको लागि रोजगार र आयआर्जनका अवसरहरुमा बृद्धि गर्ने उद्धेश्यले जीविकोपार्जन पूनरुत्थानका लागि दीगो पर्यटन परियोजना संचालनमा ल्याइएको र सोही अनुरुप परियोजनाले काम गरिरहेको परियोजनाका जिबिकोपार्जन विज्ञ धर्म दवाडीले जानकारी दिनुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest