ठमेलमा सडक महोत्सब हुने, ठमेललाई बिशेस पर्यटकीय क्षेत्र घोषणा गर्न माग

स. सम्बाददाता

 ठमेल पर्यटन विकास परिषद्ले पत्रकार सम्मेलनको आयोजना गरि अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा  राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सडक महोत्सव गर्ने जनाएको छ  ।

कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवद्र्न गर्न यही पुस १६ गते ठमेलमा सडक महोत्सव गर्न लागीएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताउनु भयो ।

परिषद्ले आज बिहान स्काई लाइन होटल ठमेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाले थलिएको ठमेलको पर्यटन पुनरुत्थान गर्न अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना  हुने र ठमेलका ब्यबसायीलाइ उक्त दिन सडकमा ब्यबसाय गर्न आग्रह समेत गरे । सडक महोत्सवमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने र महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नु हुने बताइएको छ । उक्त सडक महोत्सवमा एक लाख व्यक्तिको सहभागिता रहने परिषद्ले जनाएको छ ।

ठमेल सडक महोत्सबमा शान्ति सुरक्षा गर्न नेपाल प्रहरीसँग सुरक्षा व्यवस्थापन र ट्राफिक प्रहरीसँग ट्राफिक व्यवस्थापका बारेमा छलफल भइसकेको अध्यक्ष शर्माले बताए । सो सडक महोत्सवमार्फत ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्नसमेत माग गरिने उनले बताए ।

पत्रकार सम्मेलनमा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल सडक महोत्सव मार्फत  ठमेलभित्रका व्यवसायीले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्न गर्न सहयोग पुग्ने बताएका छन् । कार्यक्रम पुस १६ गते साँझ ५ .३० बजे सुरु भई बिबिध सांस्कृतिक कार्यक्रम सहित रातको १२.३० सम्म चल्ने  उनले बताए ।

पछिल्लो समय ठमेल पर्यटन विकास परिषद्ले विभिन्न इन्टरनेट कम्पनीको सहकार्यमा ठमेलभित्रको अव्यवस्थित तारसमेत व्यवस्थापन गरिसकेको छ भने बिजुलीको तार ब्यबस्थापन गर्न बिधुत प्राधिकरण संग कुराकानी भएको बताइएको छ ।

परिषद्का महासचिव राजिव पाण्डेले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी गर्न लागिएको सडक महोत्सव सम्पन्न गर्न रु २५ लाख हाराहारीमा खर्च हुने र काठमाडौं महानगरपालिका ,नेपाल पर्यटन बोर्ड,नेपाल टेलिकम लगायत अन्य संघ संस्थाको सहयोग रहने जानकारी गराए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest