प्रतिबद्धतासहित पूर्णचन्द्र भुसालबाट टान अध्यक्षको उम्मेदवारी घोषणा

ट्रेकिंग एजेंसिज एसोसीएशन अफ नेपाल (टान) को निर्बाचन नजिकिँदै गर्दा गंगापूर्ण ग्लासिएर ट्रेकिंगका प्रबन्ध निर्देसक पूर्णचन्द्र भूसालले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोशाणा गरेका छन् ।सन् १९८८ बाट ट्रेकिंग गाइड भएर पर्यटन ब्यबसायमा प्रवेश गरेको र सन् २००७ मा आफ्नै ट्रेकिंग कम्पनि गंगापूर्ण ग्लासिएर ट्रेकिंगको स्थापना गरेर पर्यटन क्षेत्रमा ३१ बर्षको लामो अनुभब हासिल गरेका भुसाल ब्यबसायी साथीहरुको अनुरोधमा आफु टानको  अध्यक्ष पदमा उम्मेद्वारी दिन इच्छुक रहेको बताउनु हुन्छ ।

बिगतमा पनि टानको बरिस्ठ उपाध्यक्षमा आफु चुनाबमा उठिसकेको र थोरै मतको कमीले उपाध्यक्ष भयर काम गर्न नसकेको भन्दै अब अध्यक्ष भएर नेपालको पर्यटन ब्यबसायको बिकासमा काम गर्नी बताउनु हुन्छ।

प्रतिबद्धताहरु

  • TAAN राजनीतिक फोरम नभई ट्रेकिंग एजेन्सीहरुको हक, हित र अधिकार संरक्षण गर्ने गैर नाफामूलक संस्थाको रुपमा काठमान्डौ जिल्ला प्रसाशन कार्यालयमा दर्ता भएको छाता संगठन हो भन्ने यथार्थता प्रतिबिम्बित गराउने l
  • TAAN को कार्यसमितिमा निर्वाचित भईसके पछि यसको विधान र उद्धेस्य बमोजिम राजनीतिक सामिप्यता र सिद्धान्तको प्रभावबाट नेतृत्व मण्डल स्वतन्त्ररुपमा क्रियाशील रहने l 
  • निर्वाचित मण्डलका सम्पूर्ण सदस्यहरुमा “TEAM Work” को भावना प्रतिविम्वित गराउने l
  • TAAN का सदस्य Agency हरुका प्रत्येक संचालकहरुको पूरा नाम, फोटो, कम्पनीको नाम र ठेगाना अंकित “TAAN परिचयपत्र” जारी र वितरण गर्ने l
  • पर्यटकहरुको मात्रात्मक वृद्धि भन्दा गुणात्मक वृद्धिले रोजगारीमा वृद्धि, व्यवसायीहरुको जीवनस्तरमा सुधार र राष्ट्रिय आयमा वृद्धि गराउने यथार्थ बोध गराउने l 
  • Trekkers र नेपाली कामदार समेतको हित र सुरक्षालाई ध्यानमा राखी होस्टेल, गेस्टहाउस, रेस्टुराँ, होम स्टे आदि विभिन्न संस्थाहरुबाट अवैध रुपमा संचालित Illegal Trekking Operation लाई निस्तेज पार्ने l  
  • सम्पूर्ण Trekking व्यवसायीहरुको हित र राष्ट्रिय अर्थतन्त्रलाई लाई मध्यनजर गरि “No Trekking without Agency” भन्ने नारा Impliment गराउन सम्बन्धित निकायमा लबिंग गर्ने l  
  • दोहोरो कर (Double Taxation) प्रणालीको भारबाट ट्रेकिंग व्यवसायीहरुलाई राहत दिलाउन सम्बन्धित निकाय संग यथासिघ्र वार्ता र सहमति गर्ने l
  • Trekking Permit जारी सम्बन्धि केहि पर्यटन ऐन द्वेध अर्थी रहेकोले सम्बन्धित निकायलाई विश्वाशमा लिई संशोधन गराउने l
  • TIMS लाई ONE DOOR POLICY अन्तर्गत ल्याई TAAN का आधिकारिक काउन्टर मार्फत मात्र बिक्रि वितरण गर्ने गराउने परिस्थितिको निर्माण गर्ने l
  • TIMS बिक्रिबाट प्राप्त रकमको पारदर्शिता संगसंगै उक्त रकमको केहि अंश छुट्याएर “मजदूर भलाई कोष“ स्थापना गरि ट्रेकिंग पेशामा आश्रित मजदुर कर्मचारीहरुको दुर्घटना बिमा, तत्काल उद्दार बिमा, उपचार विमा र अनुदानको प्रभावकारी व्यवस्था गर्ने l
  • प्रतिष्पर्धाको नाममा पर्यटकहरुसंग सस्तो Tariff मा सम्झ्यौता गर्ने र पछि निम्छरो सेवा प्रदान गरि पर्यटन व्यवसायको गुणस्तर गिराउने लज्जास्पद हर्कतलाई निश्तेज पार्न Tariff र Service मा एजेन्सीपिच्छे एकरुपता ल्याउन हरसम्भव प्रयत्न गर्ने l
  • मानवीय विवेक र मर्यादा समेत लत्याएर अवान्छित मिलोमतो वा जबर्जस्ति हेली रेस्क्यू गरि नेपालको पर्यटनलाई बद्नाम गराउने कुकिर्त्य लाई निस्तेज पारी गुमेको शाख फिर्ता गराउने l
  • देश नै संघिय संरचनामा अभ्यस्त भईसकेको वर्तमान अवस्थामा ट्रेकिंग व्यवसायको स्वभाव अनुसार TAAN लाई पनि संघिय मोडलमा लगि भौगोलिकरुपमा समावेशी प्रतिनिधित्व अपनाउने l 
  • TIMS चेकिंग काउन्टरबाट इन्डीभिजुअल् गेस्टसंग गएका कामदारलाई प्रोत्साहन र कम्पनीमार्फत गएका कामदारहरुलाई अनावस्यक ह्यासल गर्ने कार्य पूर्णत बन्द गर्ने l  

TAAN को नेतृत्वको लागि माथि उल्लेखित अन्तर्यहरुसंग समाहित भई सोहि अनुरुप कर्तव्य निभाउन सक्ने गतिशील व्यक्तित्व हुनु आजको आवस्यकता हो l यदि त्यसो भएमा TAAN को मर्यादा र अस्तित्व विरुद्ध कसैले पनि धारे हात लगाउन सक्दैन l

अनि बल्ल बढ्छ ट्रेकिंग व्यवसायीहरुको शान सबैको मुखमा “हाम्रो TAAN राम्रो TAAN”

पूर्णचन्द्र भुसाल, प्रबन्ध निर्देशक, गंगापूर्ण ग्लासिएर ट्रेक्स, ठमेल, काठमान्डू l

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest