किपले बाताबरण संरक्षणमा पुर्याएको योगदानको प्रसंसा

स.सम्बाददाता –

काठमाडौँ इंन्भारोंमेंन्टल एजुकेशन प्रोजेक्ट (keep)ले बाताबरण संरक्षण क्षेत्रमा पुर्याएको योगदान प्रति पर्यटन बिभाग का महानिर्देशक होम प्रसाद लुइटेलले प्रसंशा गर्नु भयको छ । महानिर्देशक लुइटेलले किपको २६औ बार्षिक साधारण सभालाई सम्बोधन गर्नु हुदै पर्यटकीय क्षेत्रको बाताबरण संरक्षण बारे जनचेतना जगाउने,पर्यटन क्षेत्रमा कार्यरत जनशक्ति उत्पादन र उनीहरुको क्षमता अभिवृद्धि गर्न बिबिध तालिमको आयोजना गरि पर्यटन विकाशमा किपले महत्वपूर्ण योगदान गर्दै आयको बताउनु भयो ।

२६औ बार्षिक साधारण सभाका प्रमुख अतिथि लुइटेलले पानसमा बत्ति बालेर र बिरुवामा पनि हालेर साधारण सभाको उद्घाटन गर्नु भयको थियो । सभालाई सम्बोधन गर्दै बागमती प्रदेश पर्यटन कार्यालयका प्रमुख टंक भट्टराईले बाताबरण संरक्षणमा किपले महत्वपूर्ण योगदान गरेकोमा धन्यवाद दिनु हुदै हामी सबैले बाताबरण संरक्षण कार्यमा लग्नु पर्ने बताउनुभयो ।

किपका अध्यक्ष देबी प्रसाद पन्तले किपले बाताबरण संरक्षणमा किपले गर्दै आयको कार्यका बारेमा सभा समक्ष जानकारी गराउदै निकट भविष्यमा बाताबरण संरक्षण बिषयमा राष्ट्रिय गोष्ठीको आयोजना गर्न लागियको बताउनुभयो ।साथै किपले पर्यटन मजदुरको लागि बिबिध तालिमको आयोजना र पर्यटक भरियाको लागि न्यानो लुगा वितरण, गर्ने ब्यबस्थापन गर्दै आयको  बताउनुभयो ।

साधारण सभामा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, हिमाली क्षेत्रको बाताबरण संरक्षणमा कार्य गर्दै आउनु भयका आङ्छिरिङ शेर्पा, टानका अध्यक्ष निलहरि बास्तोला, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमनुरु शेर्पा,हिमालयन उद्दार संघका अध्यक्ष हरि धरेल,एक्सपिडिसन अपरेटर्स एशोसियसनका अध्यक्ष डम्बर पराजुली,भिटोफ नेपालका अध्यक्ष गोपाल थापा, नाराका उपाध्यक्ष शिशिर खनालको उपस्थिति रहेको थियो ।

संघ संस्थाका अध्यक्षहरुले साधारण सभाको सफलताको सुभकामन दिदै बाताबरण संरक्षणमा किप संग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।

साधारणसभालाई सम्बोधन गर्दै तेमाल गाउँ पालिकाको उपाध्यक्ष डी.एम तामाङले हालै किपले तेमाल गाउँ पालिकाको वडा नम्बर ६ का ट्रेकिंग गाइडलाई तालिम दिएर तेमालको पर्यटन प्रबर्दनमा ठुलो योगदान गरेको प्रति प्रसंशापत्र प्रदान गर्नुका साथै तेमाल बुद्धिस्टका लागि महत्वपूर्ण गन्तब्य रहेको भन्दै तेमाल गाउँ पालिकाले पर्यटन विकासका लागि गुरुयोजना बनाउदै गरेको बताउनुभयो ।

साधारणसभामा गाउँ पर्यटनका परिकल्पनाकर डा.सुरेन्द्रभक्त प्रधानाङ्गलाई पर्यटन क्षेत्रमा नया अबधारणा ल्याए बापत कदरपत्रबाट सम्मान गरिनुका साथै किपलाई सहयोग गर्ने कम्पनि तथा व्यक्तिलाई कदरपत्रबाट सम्मान गरियको थियो ।

साधारणसभाको प्रथम सत्रमा उपस्थित महानुभावहरुलाई किपका उपाध्यक्ष रामकुमार पुरीले धन्यवाद दिनु भयको थियो । साधारणसभाको बन्द सत्रमा  किपका महासचिब पिताम्बर गुरुङले संस्थाको प्रगति प्रतिबेदन तथा बार्षिक कार्यक्रम प्रतुत गर्नुका साथै कोषाध्यक्ष ऋषि नेपालले संस्थाको आर्थिक प्रतिबेदन र आगामी बजेट प्रस्तुत गर्नु भयको थियो भने सभाले दुवै प्रतिबेदन पारित गरेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest