ठमेल पर्यटन विकास परिषद्को निर्बाचनमा अधिकारी समुहको उम्मेदवारी घोषणा

स.सम्बाददाता –

ठमेल पर्यटन विकास परिषद्को असार ३२ गते हुन गईरहेको नया कार्यसमिति चयनका लागि हुने निर्बाचनमा ध्रुब अधिकारीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ध्रुव अधिकारी समुहबाट  उपाध्यक्षमा राजु मान डङ्गोल र महासचिवमा राजीव पाण्डेले उम्मेद्वारी घोषणा गरेका छन् ।

‘अनुभवी र जिम्मेवार नेतृत्व आजको आवश्यकता, सफा सुन्दर र सुरक्षित ठमेल हाम्रो प्रतिबद्धता ’को नारासहित ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) को लागि ध्रुव अधिकारी समावेशी समूहले हालै औपचारिक कार्यक्रम गरेर आफ्नो उम्मेद्वारी घोषणा गरेको हो ।

 बाँकी पदमा चाँडै उम्मेद्वार तय गरी घोषणा गरिने अध्यक्ष पदका उम्मेद्वार ध्रुव अधिकारीले जानकारी दिए ।

कार्यक्रममा आफ्नो मन्तव्य दिँदै ठमेलका बारेमा  गलत खाले म्यासेज बाहिर आउने गर्छा त्यो भ्रमलाई गलत साबित गर्न ठमेल लाई व्यवस्थित गर्न कदम चाल्ने अधिकारीले बताए ।  आफू नेतृत्वमा आएपछि ठमेलले बर्षौ  देखि मुख्य समस्याको रूपमा झेल्दै आएको पार्किङको समस्या, सडक अतिक्रमण, अव्यवस्थित ढलको समस्यालाई समाधान  गर्ने बताय ।                                                               

त्यस्तै उपाध्यक्ष पदका उम्मेदवार राजु मान डङ्गोलले लामो समयदेखि ठमेलको नजिक रहेर काम गरेको र यहाँका समस्याबाट परिचित भएकोले व्यवसायीको हकहितको लागि काम गर्ने बताय ।कार्यक्रममा बोल्दै महासचिव पदका उम्मेदवार राजीव पाण्डेले आफ्ना एजेन्डा नै व्यवसायी र घरबेटीका समस्या रहेको र त्यसलाई समाधान गर्नु रहेको बताए।

त्यसै गरी काठमाडौँ वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले ठमेल आफैमा एक चर्चित गन्तव्य भएकाले पर्यटकहरू आकर्षित  गर्न व्यवस्थित र सुरक्षित ठमेलको आवश्यक परेकाले यसलाई सहजीकरण गर्न आफू सदैव तयार रहेको बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest