स. सम्बाददाता –
असार २३ ,काठमाडौं । सबैभन्दा कान्छो उमेरमा विश्वको सर्वोच्च शिखर गरमाथाको सफल आरोहण गरि बिश्व किर्तिमान कायम गर्न सफल कान्छो आरोही शम्भु तामाङको निधन भएको छ। बिगत २ महिना देखि भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत सम्भु तामाङ्को आज बिहान मृत्यु भएको हो ।
सन् १९५५ मा सिन्धुपाल्चोक रिस्याङ्खुमा जन्मियका सम्भु तामाङ् १७ वर्ष ६ महिनाको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व किर्तीमान राखेर नेपाललाई विश्वभर चिनाएका थिए । उहाँले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको आरोहण गरेका थिए ।
सिन्धुपाल्चोक रिस्याङ्खु मूल घर भइ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका तामाङका श्रीमती, एक छोरा र एक छोरी छन् ।