ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा शर्माको उम्मेदवारी घोषणा

स.सम्बाददाता –

ठमेल पर्यटन विकास परिषद्को असार ३२ गते हुन गईरहेको नया कार्यसमिति चयनका लागि हुने निर्बाचनमा वर्तमान कार्यसमितिका उपाध्यक्ष भविश्वर शर्माले अध्यक्षमा उम्मेदवारी दिने घोसणा गरेका छन् ।

शर्माले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । त्यस्तै, शर्माको समूहबाट उपाध्यक्षमा सहदेव धमला र महासचिवमा बद्री तिमल्सिनाले समेत उम्मेदवारी घोषणा गरेका छन् ।

 पत्रकार सम्मेलनमा आफ्नो भनाइ राख्दै शर्माले देशको प्रमुख पर्यटकीय गन्तब्य ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । उनले ठमेल क्षेत्रको सुरक्षाका लागि ५०० सिसिक्यामरा जडान गर्ने, सादा पोसाकमा प्रहरी परिचालन गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने बताए ।

 आफु अध्यक्षमा निर्वाचित भए  विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल बनाउन ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्तीको व्यवस्थापन र  घरबेटी व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने शर्माको प्रतिबद्धता छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest