डेंगुले भ्रमण वर्षलाई असर नगर्ने

लामखुट्टेको टोकाईबाट हुने डेंगु रोगले देशको पर्यटन उद्योगमा नकरात्मक असर पार्न सक्ने संदेश फैलिएपछि त्यसविरुद्ध रणनीति बनाउने तयारीमा पर्यटन बोर्ड सक्रिय भएको छ। बोर्डले डेंगुबारे पत्रकार सम्मेलन गरेर डेंगुले पर्यटकलाई कुनै खतरा नरहेको तर आवश्यक सावधानी अपनाइने बताए। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का निर्देशक डा. विवेक कुमार लालले डेंगुबाट पर्यटक ले तर्सनु नपर्ने भन्दै सबैले साबधानी अपनाउनु पर्ने जानकारी गराए ।

डेंगु संसारभर रहेको र नेपाल आउने पर्यटकहरुको देसमा झन् बढी संक्रमण रहेको उनले बताए । नेपाल आउने पर्यटकले डेङ्गुबारे जानकारी पाएका हुँदा आफ्नो सूरक्षा उनीहरु आफैले गर्न सक्छन । लामखुट्टेले टोकी हालेमा चिकित्सकको सल्लाह अनुसारको उपचार गर्नुपर्ने उनले सुझाव दिए।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का निर्देशक डा. विवेक कुमार लालले प्रस्तुत गरेको तथ्याङ्कमा नेपालमा सबैभन्दा बढी चितवनमा डेङ्गुका विरामी रहेको र  त्यस्तै काठमाडौं, पोखरामा पनि यसको संख्या बढी रहेको छ। गत वैशाख यताको अवधीमै करिब ६ हजारको हाराहारीमा डेङ्गुका संक्रमित भैसकेको र ७ जनाले ज्यान गुमाइसकेको अवस्था छ। यस्तै ५६ जिल्लामा डेंगुको प्रभाव देखिएको सरकारी अधिकारीहरुले बताइसकेका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का निर्देशक डा. विवेक कुमार लालले प्रस्तुत गरेको तथ्याङ्कमा नेपालमा सबैभन्दा बढी चितवनमा डेङ्गुका विरामी छन्। त्यस्तै काठमाडौं, पोखरामा पनि यसको संख्या बढी रहेको छ।

बोर्डका कार्यकारी अधिकृत जोशीले डेंगु रोगको संक्रमणबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा नराकारात्मक प्रभाव पर्न नदिन बोर्डले पर्यटकहरुको खाने, बस्ने, भ्रमण गर्ने पर्यटकीय स्थलहरुमा यसको संक्रमण हुन नदिन विशेष साबधानी अपनाउन निर्देसन दिइने बताउनु भयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest