चाबहिल सिटि लायन्स क्लब अध्यक्षमा राजकुमार गुरुङ

स. सम्बाददाता

काठमाडौँ चाबहिल सिटि लायन्स क्लबको हालै सम्पन्न बार्षिक साधारण सभाले राज कुमार गुरुङको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति निर्बिरोध चयन गरेको छ ।

चाबहिल लामपोखरी अबस्थित होटल खाङ्गरिमा भयको साधारण सभामा केहि सदस्यको भौतिक उपस्थिति रहेको थियो भने अन्य सदस्यहरुले भने जूम मार्फत उपस्थिति जनायका थिय ।सभामा निबर्तमान अध्यक्ष सनत कुमार मानन्धरले नब निर्बाचित अध्यक्ष राज कुमार गुरुङलाई पदभार हस्तान्तरण गर्नु भयको थियो ।

नया कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रदुम्न कुमार पोख्रेल,द्वितीय उपाध्यक्षमा टुना थापा,सचिबमा नित्या अर्जेल ,कोषाध्यक्षमा एकेन्द्र राज चालिसे,सह सचिबमा ज्योत्सना शर्मा न्यौपाने र सह कोषाध्यक्षमा साजन राम भण्डारी चयन हुनु भयको छ ।साधारण सभाले गत आ.ब ०७७/०७८ को आर्थिक प्रतिबेदन पारित गर्नुका साथै आगामी बर्षको कार्ययोजना समेत तय गरेको छ

अध्यक्ष लायन राज कुमार गुरुङले आगामी दिनहरुमा चाबहिल सिटि लायन्स क्लबले समाज सेवाको क्षेत्रमा अझ प्रभाबकारी ढंगले लाग्ने बताउदै सम्पूर्ण लायन सदस्यहरुलाई साथ् र सहयोग गर्न आग्रह गर्नु भयो ।    

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest