ग्लोबल टुरिजमले होलि संगै ला-टोमाटिनो फेस्टिवलको आयोजना गर्ने

स.सम्बाददाता

ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले होलीका दिन अर्थात सोमबार होली महोत्सव संगै  स्पेनमा मनाइने ला-टोमाटिनो फेस्टिबलको आयोजना गर्ने भएको छ ।

काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरि नेपाली कला संस्कृतिको जगेर्ना गर्नुका साथै नेपाली संस्कृतिलाई विश्व सामु चिनाउने र आन्तरिक तथा बाह्य पर्यटनलाई समेत टेवा पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटाले नेपाली संस्कृतिसँगै विदेशी संस्कृतिको आदान प्रदानका लागि यस्ता फेस्टिबलले सहयोग पुग्ने बताउनुभयो ।

अध्यक्ष सापकोटाले नेपाल र स्पेनको संस्कृतिलाई जोडेर  हाम्रो संस्कृति विदेशीलाई चिनाउन र स्पेनको संस्कृति नेपालमा चिनाउन होलि संगै ला-टोमाटिनो फेस्टिवलको आयोजना गर्न लागिएको बताउनुभयो । ला-टोमाटिनो भन्नाले पाकेको गोलभेडा संग खेल्ने एक प्रकारको खेल हो । फेस्टिवलमा २ हजार किलो गोलभेडा प्रयोग हुने आयोजकले जनाएका छन् ।

यस्ता कार्यक्रमले दुई देशको भाइचारा पनि बढने सापकोटाको भनाइ छ ।फेस्टिवलमा प्रतियोगितात्मक रुपमा महिलाहरुको कवड्डीको पनि आयोजना गर्न लागेको छ । कार्यक्रम नेपाल स्काउट लैनचौरमा दिनको १२ बजेबाट सुरू हुने आयोजकले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest