नेपाल पर्वतारोहण संघको बार्षिक साधारणसभा रोकी निर्बाचनका लागि तदर्थ समिति गठन गर्न माग

स.सम्बाददाता

नेपाल पर्वतारोहण संघ वर्तमान कार्यसमितिले बैधानिकता गुमाइसकेको भन्दै भोलि गर्न लागेको साधारण सभा स्थगित गरि निर्बाचन गराउन तदर्थ समिति गठन गर्न जिल्ला प्रशासन कार्यालयमा निबेदन परेको छ ।

 जिल्ला प्रशासन कार्यालयमा तदर्थ समिति गठन गर्न निबर्तमान अध्यक्ष आङछिरिङ शेर्पा,पूर्व अध्यक्ष जिम्बा जाङ्बु शेर्पा,पूर्व कोशाध्यक्ष आङकाजी शेर्पा सहित चालिस जना भन्दा बढी आरोही सदस्यहरुले निबेदन दियको बुझिन आयको छ । नेपाल पर्वतारोहण संघको वर्तमान कार्यसमिति मिति २०७४ /४/२१ मा निर्बाचित भै मिति २०७४/५/४ मा सपथग्रहण गरि कार्यभार सम्हालेको कार्यसमिति हो । नेपाल पर्वतारोहण संघको बिधान २०४७ (चौथो संसोधन ,२०७६ ) को परिच्छेद ५ दफा १७ (१) बमोजिम यस कार्यसमितिको कार्यकाल २०७७/५/३ मा समाप्त भैसकेको अबैधानिक कार्यसमितिले गरेको साधारणसभा अबैध हुने भन्दै बर्तमान अवस्थामा निर्बाचन गराउन तदर्थ समिति गठन गर्न माग गरियको छ ।

आफ्नो  कार्यकाल समाप्त भैसकेको कार्यसमितिले गरेका सबै निर्णय अबैधैनिक ठहरिने हुदा अबैधानिक कार्यको छानबिन समेत गर्न र तिन महिना भित्र निर्बाचन गराउन अधिकार सम्पन्न तदर्थ समिति गठन गर्न जिल्ला प्रशासन कार्यालयमा माग गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest