८ हजार मिटर माथिका १४ हिमाल नेपालमै,आरोहीलाई थपियो चुनौती

स.सम्बाददाता –

पर्यटन पत्रकार संघ नेपालले हालै काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा हिमाल तथा पर्वतारोहणका ज्ञाता आङ छिरिंङ शेर्पाले नेपालमै ८ हजार मिटर माथिका १४ वटा हिमाल रहेको पुस्टि गरेका छन् । यस अघि नेपालमा ८ हजार मिटर माथिका हिमाल ८ वटा मात्र रहेको र विश्वमा ८ हजार मिटर माथि १४ वटा हिमाल रहेको बिश्व मान्यता थियो ।

 “नेपालमा रहेका आठ हजार मिटर भन्दा माथिका हिमालको अवस्था र हिमाली बातावरणमा परेको  असर” बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल पर्वतारोहण संघका बरिस्ट सल्लाहकार तथा बिस्व पर्वतारोहण संघका मानार्थ सदस्य आङ छिरिङ शेर्पाले  नेपाल सरकारले  ८०००मिटर माथिको हिमालहरूको मापदण्ड पुरा भएका नेपालका १३ वटा हिमालहरू माग भए अनुसार सन १९४९ देखि नै नेपाल सरकारले आरोहणको लागि खुल्ला गर्दै सन् १९७२ सम्ममा त १३ वटै नेपालका ८००० मिटर भन्दा माथिका हिमालहरू आरोहण हुदै आयका छन् । नेपाल सरकारले यालुङ खाङ(८५०५) मिटर (हाल अन्तरराष्ट्रिय मान्यता प्राप्त छैन) हिमाल प्रथम आरोहण आनुमति सन् १९७३ सालको बसन्तमा जापानिज आरोहण दलको नेत्रृत्व गरेका हराऊ हिगचीलाई दिई उक्त दलका जापानिज नागरिकहरू युताका अगेरा र ताकोअ मात्सुदाले सन् १९७३ मे १४ का दिन यालुङ खाङको दक्षिण पश्क्षिम् मोहडाबाट सफल आरोहण गरेका थिए । यालुङ खाङ हिमाल हालसम्म ५३ आरोहिहरूले सफल आरोहण गरि सकेको तथ्याङ्क छ।

यालुङ खाङ वेस्ट(८०७७)मिटर नेपाल सरकारले सन् २०१४ मा आरोहणको लागि खुल्ला गरेर जाम्मा नेपालमा १४ वटा ८००० मिटर भन्दा माथिको हिमालहरूको आरोहण अनुमति नेपाल सरकारले दिदै आएको छ । नेपालका १४ वटा ८००० मिटर भन्दा माथिका हिमालमध्य १३ वटा हिमालको त सफल आरहण नै गरिसकेको छ । हालसम्मा यालुङ खाङ वेस्ट हिमालको सफल आरोहण भएको छैन । नेपालमा भएका १४ वटा ८००० मिटर भन्दा माथिका हिमालमध्ये ८ वटाले  मात्र अन्तरराष्ट्रिय मान्यता पाएको छ ।अन्तर्राष्ट्रिय मान्यता पाउन बाँकि रहेका हिमालहरु यालुंग खान्ग ८५०५मि , कन्चनजंघा माध्यम ८४७३मि , कन्चनजंघा साउथ ८४७६मि , यालुंगखांग वेस्ट ८०७७मि ,ल्होत्से मिडल ८४१३मि ,ल्होत्से सार ८४००मि रहेका छन् ।

 नेपालमा रहेका १४ वटा हिमालले अन्तर्राष्ट्रिय मान्यता पाएमा नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने र समग्र नेपालको आर्थिक सम्मुनतिमा टेवा पुग्ने सिमाबिद बुद्दी नारायण श्रेष्ठले बताउनुभयो । उनले कन्चनजंघा माध्यम नेपाल इंडिया सीमामा पर्ने र ल्होत्से नेपाल चिन सीमामा पर्ने बताएका छन् । दुइ देश बीचको सीमामा रहेका हिमालहरु छिमेकि मुलुकहरुले खुल्ला गरेर आरोहण गतिबिधि संचालन गरेता पनि नेपाल सरकारले खुल्ला नगर्दा नेपाललाई घाटा भएको बताय । अन्तरक्रिया कार्यक्रममा बरिस्ठ पर्यटन ब्यबसायी जे.बि सिंहले नेपाल सरकारले हिमाल आरोहणका लागि हिमालहरु खोल्दै जानु पर्ने र बाताबरण संरक्षणमा ध्यान दिनु पर्ने बताउनुभयो । हिमालय उद्दार संघ नेपालका अध्यक्ष हरि धरेलले हिमाल आरोहणलाई सुरक्षित बनाउन नेपाल सरकार र निजि क्षेत्र लाग्नुपर्ने बताउनुभयो ।

पर्यटन पत्रकार संघ नेपालका अध्यक्ष देवी पन्तले ८ हजार मिटर माथिका थप ६ वटा हिमाल थपिय संगै आरोहीका लागि चुनौती थापियको बताउनुभयो । विश्वका १४ वटा हिमाल चढेर कीर्तिमान बनाएका आरोहीले थप ६ वटा हिमाल चडन नेपाल आउनु पर्ने र थप हिमालको आरोहण गर्नु पर्ने र जसका लागि नेपाल सरकारले थपियका हिमाललाई बिश्व मान्यता दिलाउन लाग्नु पर्ने बताउनुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest