सुरेन्द्र– तारा डिष्टिन्गुईस्ड अवार्ड २०७५ प्रदान


सुरेन्द्र– तारा डिष्टिन्गुईस्ड अवार्ड २०७५ ई.पि.एस. को सर्वोकृष्ट अङ्क ३.९० जि.पि.ए प्राप्त गरी एस.ई.ई. (SEE) मा उतिर्ण हुने श्री अमोध अधिकारी लाई प्रदान गरिएको छ । ई.पि.एस. को वार्षिक कार्यक्रम उपरोत्त ‘सुरेन्द्र– तारा डिष्टिन्गुईस्ड अवार्ड २०७५’ काठमाडौं महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष तथा ई.पि.एस. का प्रिन्सिपल प्रमिला सिंहले संयुक्त रुपमा प्रदान गर्नु भयो ।

सुरेन्द्र– तारा डिष्टिन्गुईस्ड अवार्ड २०७५ ई.पि.एस. श्री अमोध अधिकारी लाई प्रदान


गाउँ पर्यटन अवधारणका जन्मदाता एवं काठमाडौं रिसर्च सेन्टरका अध्यक्ष डा.सुरेन्द्र भक्त प्रधानङ्गले २०७३ सालमा एक लाख एकाउन्न हजार धनराशीको अक्षय का्ेश खडा गरी उपरोक्त कोषबाट प्राप्त हुने ब्याजबाट वर्ष–वर्षमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने जेहेन्दार विद्यार्थीलाई उत्कृष्ट पुरस्कार दिने व्यवस्थापन भएको हो । पुरस्कार रु १० हजार नगद, पदक तथा प्रमाण–पत्र प्रदान गरिएको छ । गाउँ पर्यटनका पिता डा. प्रधानाङ्गको गाउँ पर्यटनको देन तथा स्मानार्थको लागि यो पुरस्कार गर्ने व्यवस्थापन गरिएको हो । साथै नेपालमा गाउँ पर्यटनको विकास र प्रवद्र्घन गर्ने प्रेरण तथा बाटो अंगालोस् भन्ने पवित्र भावना जागृत होस् र नेपालको पर्यटकीय अर्थतन्त्रबाट राष्ट्र निर्माणमा टेवा पुगोस भन्ने लक्ष्य राखिएको शोच्छ गाउँ पर्यटन अवधारणाका परिकल्पनाकार डा. प्रधानङ्गको व्यक्तित्व तथा देन प्रति समारोहमा चर्चा गरिएको थियो ।


आजको होम स्टे (Home-Stay) पर्यटन पनि गाउँ पर्यटनका प्रणेयता डा. प्रधानङ्गको नै विकसित या आधुनिक प्रवद्र्घन कै उपज रहेको बताउनु भयो । अन्तमा आयोजकले डा. प्रधानङ्गको कीर्ति तथा गाउँ पर्यटनको प्रेम प्रति प्रशंसा तथा धन्यवाद प्रदान गर्नु भयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest