संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सम्पूर्ण सूचनाहरु प्रबाह गर्ने उद्देश्यका साथ तयार पारिएको वेबसाईट सुभारम्भ ग्गरेका छन्।मन्त्रि भट्टराइले प्रदेश नम्बर ३ कि प्रमुख अनुराधा कोइराला,भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज बैद्य लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
मन्त्रि भट्टराईले भ्रमण वर्षको गतिबिधि बढेको र अझ तिब्र गतिमा लैजान सुझाब दिनु भयो ।यसै वेबसाइट मार्फत भ्रमण बर्साका लागि रास्ट्रपति ,उपरस्त्रपति ,प्रधानमन्त्री लगायत सबै राज्नैतिक पार्टीका सन्देशहरु प्रसारण हुने बताउनु भयो ।
यसमा नेपाल भ्रमण वर्षका सम्पूर्ण सूचनाहरु समावेश गरिने ‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले जानकारी दिए । वेबसाईटहरु www.visitnepal2020.gov.np र www.visitnepalnews.gov.np रहेका छन् ।
त्यसैगरी सामाजिक संजालहरुको ह्यान्डलहरुमा facebook-nepallifeexperiecces, Instagram-@visitnepalyear2020_official, Linkedin-@visitnepal2020-secretariat रहेका छन् ।