टान नबनिर्बाचित कार्यसमितिबाट पदभार ग्रहण

सनराईज सम्बाददाता

ट्रेकिङ एजेन्सिज एसेसिएसन अफ नेपाल (टान) को नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । होटल मल्लमा आयोजित पदभार हस्तान्तरण  कार्यक्रममा टान प्रमुख निर्वाचन अधिकृत रमेशकुमार मैनालीले नयाँ कार्यसमितिलाई सपथग्रहण गराउदै निर्बाचित भयको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। कार्यक्रममा निवर्तमान अध्यक्ष नवराज दाहालले नवनिर्वाचत अध्यक्ष खुम बहादुर सुवेदीलाई टान सचिवालयको चावी हस्तान्तरण गर्नुभयको थियो । त्यस्तै  निवर्तमान महासचिव आङपेम्बा शेर्पाले नवनिर्वाचित महासचिव सरिता लामालाई टान कार्यसमितिको निर्णय पुस्तिका र निवर्तमान कोषाध्यक्ष रामकृष्ण तिमिल्सिनाले नवनिर्वाचत कोषाध्यक्ष ऋतु ग्याम्दानलाई कोषको चेक र सम्पूर्ण खाताहरु हस्तान्तरण गरेका छन्  ।

पदभार ग्रहण पश्चात  नवनिर्वाचित अध्यक्ष खुम बहादुर सुवेदीले सबैको सुझाव सल्लाहका आधारमा पर्यटन ब्यबसायीहरुको हक हित र समस्त पर्यटन उधोगको बिकासका लागि आफु लागिपर्ने बताउनु भयो । आफुले  निर्वाचनका बेला घोषणा गरेका प्रतिबद्धता पूरा गर्ने बताउदै  पदयात्रा व्यवसायमा थुप्रै खालका समस्याहरु रहेको र  त्यसलाई समाधान गर्नका लागि आफु र आफ्नो नेतृत्वको कार्यसमिति लागिपर्ने बताउनुभयो ।नब निर्बाचित महासचिब सरिता लामाले टानको सुधार र पर्यटन बिकासका लागि आफुले काम गर्ने बताउनु भयो ।नबनिर्बाचित कोषाध्यक्ष ऋतु ग्यम्दान्ले टानलाई अझ पारदर्सी बनाउने बताईन।

पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै  संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पर्यटन क्षेत्रको समस्या समाधानका लागि सरकारले आवश्यक ऐन कानुनको सुधार गरि  पदयात्रामा देखियका समस्या समाधान गर्न सरकार टानसंग  साझेदारि गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले  टानसँग सम्बन्धित समस्या अब चाडै नै समाधान हुने बताउदै  फेक रेस्क्यू प्रकरणमा  हेलिकोप्टर कम्पनी र हस्पिटलहरुले आवश्यक रिपोर्ट दिइसकेको र ट्रेकिंग कम्पनिहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । निवर्तमान अध्यक्ष नवराज दाहालले आफ्नो कार्यकालमा सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिदै नया कार्यसमितिलाई सफल कार्यकालको सुभकामना ब्यक्त गर्नु भयो।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest