नेपाल एयरलाईन्सले जापानको ओसाका उडान प्रतिस्पर्धी बनाउदै

जापानको ओसाका उडान गर्दै आयको नेपाल एयरलाईन्सले अन्य एयरलाईन्ससंग प्रतिस्पर्ध गर्न भाडादरमा समायोजन गर्दै लैजाने भयको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा  नेपाल एयरलाईन्सका कमर्सिअल डाइरेक्टर टंकनिधि दाहालले बताउनु भयको हो । साथै अक्टुबर सम्मको बुकिंग राम्रो रहेको र सकारात्मक रुपमा लिएर सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा नाट्टाका अध्यक्ष सी एन पाण्डेले नेपाल एयरलाईन्सले जापानको ओसाका उडानबाट तत्काल फाईदा लिन नसके पनि केहि समयपछि फाईदा हुनी बताउदै नेपाल एयरलाईन्स, नेपाल पर्यटन बोर्ड र निजि क्षेत्रको संयुक्त प्रयास आबस्यक भयको बताउनु भयो ।  सहभागी ट्राभल कम्पनीहरुले सिंगापुर,थाई ,ड्रागन संग प्रतिस्पर्धा गर्न सक्नी हवाई भाडा तोक्नु पर्ने बतायका छन् । जापानमा नेपाल प्रबर्दन कार्यक्रम योजना र नेपाल एयरलाईन्सको उडान बारे प्रचार प्रसारमा ध्यान दिनु पर्ने  धारणा सहभागीले राखेका छन् ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपक राज जोशीले नेपाल एयरलाईन्सले आफ्नो इमेज बनाउन जरुरि रहेको भन्दै जापान उडान विस्तारले जापानिज पर्यटक आगमनमा सुधार आउने विश्वास ब्यक्त गर्नु भयो ।साथै नेपाल पर्यटन बोर्ड र नेपाल एयरलाईन्सले सम्मोनय गरेर प्रबर्दनका  कार्यक्रम लैजान सकिनी बताउनु भयो । नाट्टाका महासचिब रमेश थापाले डिजीटल प्रबिधिबाट प्रचार प्रसारमा ध्यान दिन सके नेपाल एयरलाईन्सले चाडै प्रतिफल लिन सक्ने बताउनु भयो ।       

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest