नाट्टाले ग्रीसमा हुने एक्स्पोमा पहिलो पटक सहभागिता जनाउदै

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा ) को संयोजकत्व र नेपाल पर्यटन वोर्डसंगको सहकार्यमा ग्रीसमा हुने फिलोक्जेनिया एक्स्पोमा नेपालका ट़ाभल्स कम्पनीहरु सहभागी हुने भयका छन्। सो एक्स्पोमा १० ट़ाभल्स कम्पनीहरुले सहभागिता जनाउनी नाट्टाले पत्रकार सम्मलेन मार्फत जनाएको हो ।

सो एक्स्पो सम्बन्धि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले उक्त एक्स्पोमा नेपालले पहिलो पटक सहभागीता जनाउने  र युरोपमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नुका साथै  यसले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने वताए ।

यस वर्ष ग्रिसको थेसेलोनिकिमा आयोजना हुने फिलोक्जेनिया एक्स्पोमा नेपालबाट दश वटा नेपाली पर्यटन सेवा प्रदायक कम्पनिहरुले भाग लिने नाट्टाका महासचिव एवं कार्यक्रमका संयोजक रमेश थापाले वताए ।नाट्टाले फितुर पछी ग्रीसमा पहिलो पटक सहभागि हुने र नेपाली पर्यटनलाई यूरोपली बजारमा थप प्रबर्दन गर्ने थापाले जनायका छन् ।एक्स्पो नोभेम्बर ८ -१० सम्म ग्रीसको थेस्सालोनिकीमा आयोजना हुदै छ ।  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest