अनलाइन बुकिंगका लागि एक्सलट्रिप भरपर्दो माध्यम

बिश्व बजारमा इन्टरनेट अत्याबश्यक साधनको रुपमा स्थापित भयको छ ।मानिसको दैनिक जिबनमा इन्टरनेटले महत्तोपूर्ण भूमिका खेलेको हुन्छ।पर्यटकहरु आफ्नो भ्रमण पूर्व आफु बस्ने होटेल तथा घुमफिर कार्यक्रम अनलाइन बूकिंग गरेर यात्रामा निस्कन्छन ।

  अनलाईन बूकिंगको भरपर्दो माध्यम एक्सलट्रीपले बजारीकरण तिब्र बनायको छ ।  कोरोना भाइरस महामारीका कारण नेपालमा  पर्यटकको संख्यामा आएको गिरावटलाई मध्ये नजर गरि नेपालको पर्यटन बजारलाई सबल बनाउन र भ्रमण वर्ष–२०२० को राष्ट्रिय अभियानलाई  प्रवद्र्धन गर्न पोखरा र चितवनमा  डिजिटल बजार र अनलाइन बुकिङको महत्वबारे होटल व्यवसायीलाई जानकार गराउन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अनलाइन बुकिङको महत्वबारे होटल व्यवसायीलाई अभिमुखीकरण सँगसँगै एक्सलट्रिपले ‘सोसियल मिडिया’ अभियानको रणनीति लिएको छ । पर्यटन क्षेत्रमा आयको संकटलाई एक्सलट्रिपले आफ्नो नवीनतम प्रविधियुक्त बुकिङ इन्जिनको उपयोगद्वारा विश्व पर्यटकीय बजारमा अवसर सिर्जना गर्न सकिने संभावनाबारे व्यवसायीबीच अन्तरक्रिया गरेको हो  ।

अन्तरक्रिया कार्यक्रममा एक्सलट्रिप नेपालका राष्ट्रिय निर्देशक तथा सह–संस्थापक आदित्य बरालले नेपालको वर्तमान पर्यटनको अवस्था बारे बोल्दै एक्सलट्रिप जस्ता अनलाइन प्लाटफर्मसँगको परस्पर सम्बन्धमाथि प्रकाश पारेका थिय । एक्सलट्रिप बुकिङ इन्जिनले आन्तरिक तथा बिदेशी पर्यटकलाई मुलुकको एक कुनाबाट अर्को कुनासम्मको यात्रालाई सहज बनाउँछ ।उनले भने अन्य बुकिङ इन्जिन भन्दा फरक ढंगले हामी व्यवसायीको घरदैलोसम्म पुग्दै सूचीकृत गर्छौं र जसबाट स्थानीय व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने छन् ।

अन्तक्र्रियामा  एक्सलट्रिपका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक ज्ञानेन्द्र खड्काले प्रत्येक होटलको आवश्यकतालाई मध्यनजर गरि एक्सलट्रिप विशेष रूपले निर्माण गरिएको बताय । एक्सलट्रिप “ब्लकचेन प्रविधिमा आधारित रहेकाले बुकिङ डट कम, अगोडा जस्ता अन्तर्राष्ट्रिय बुकिङ इन्जिन समेतलाई उछिन्ने सामथ्र्य राख्ने उनले बताय ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest