पर्बतिय क्षेत्रको बाताबरण प्रभाबको समाधान बारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ। हिमालय क्षेत्रमा बढ्दै गयको फोहोर र पर्वतारोहीहरुको चाप र अन्य कारणले हिमाली क्षत्रको नकारात्मक बाताबरण प्रभाबको दीर्घकालीन समाधानका लागि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भयको छ ।क्लाइमेट एलाइन्स अफ हिमालय कम्युनिटी स्थानीय आयोजक रहेकोमा पर्यटन मन्त्रालय ,नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को संयुक्त  आयोजनामा आउदो जून महिनामा काठमाडौँमा उक्त सम्मेलन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

सम्मेलनको सह-आयोजकमा इसिमोड,यूनडिपी,बिश्व बन्य जन्तु कार्यक्रम ,पेजल फाउन्डेसन रहेका छन् । सम्मेलनले हिमाली क्षेत्रको पर्यटन बिकासमा सहयोग पुग्ने आयोजक मध्यका आङ छिरिंङ शेर्पाले बतायका छन् । सम्मेलनमा न्युजील्याण्डका पूर्वप्रधानमन्त्री तथा संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमका पूर्व प्रशासक श्रीमती हेलेन क्लार्क प्रमुख बक्ता रहने र अन्य बक्तामा बिश्वविख्यात पर्वतारोही रेनहोल्ड मेसनर ,क्रिस बोनिनटन लगायत २०० भन्दा बढी बिदेशी बिज्ञहरुको सहभागिता रहने बताईएको छ । सस्टनेबल समिट नाम दिईएको उक्त सम्मेलन यस अघि चौथो समिट फ्रान्समा भयको थियो भने नेपालमा पाचौ समिट हुन लागेको हो । सगरमाथा आरोही दावा स्टेफन शेर्पाले पर्बतारोहणका क्रममा हिमालमा फोहोर थुप्रने क्रम बढेकाले गार्बेज़ धरौटीको सट्टा गार्बेज़ शुल्क लिने व्यवस्था गर्नु पर्ने र मानब मल्मुत्रको उचित ब्यबस्थापन गर्नु पर्ने धारणा राखेका छन् ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी, भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज बैद्य र नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशक डा.गणेश गुरुङले बोल्दै सम्मेलनले हिमाली क्षेत्रको बाताबरण संरक्षण र पर्बतिय पर्यटनको बिकासमा मह्त्वोपूर्ण भूमिका खेल्ने बताउनु भयो । सम्मेलन आउदो जुन १-४ सम्म काठमाडौँमा हुनेछ।           

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest