पर्बतारोहण संघको निर्बाचनमा दुई सदस्य बाहेक निमानुरु प्यानल विजयी

स.सम्बाददाता –

नेपाल पर्बतारोहण संघको जेस्ठ २७ गते सम्पन्न निर्बाचनमा निमानुरु शेर्पा अध्यक्ष पदमा अत्यधिक मतले बिजयी भयका छन् ।

निमानुरु शेर्पा अध्यक्ष रहेको समूहबाट बरिस्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्ष आङ दावा शेर्पा,दितीय उपाध्यक्ष दावा यांङ्जुम शेर्पा ,माहासचिब मोहन लम्साल,सचिब धन बहादुर गुरुङ,कोषाध्यक्ष मुक्ति पाण्डे निर्बाचित भयका छन् ।

 सदस्यहरुमा सिंगी लामा,पिताम्बर गुरुङ,राजेन्द्र बहादुर लामा,रामचन्द्र धमला,नामग्याल जाङ्बु शेर्पा, पासाङ दावा शेर्पा,दिनेश तामांग, डोमा शेर्पा र निमा डोमा शेर्पा बिजयी भयका छन् । दुइ सदस्य भने अर्को समुहका आङदावा शेर्पा र किशान गुरूङ निर्बाचित भयका छन् । संघको बुक होल्डरबाट चार मजदुर आरोहीको छुट्टै निर्बाचन आज हुदै छ ।      

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest