१५ दिने महिला रिभर गाईड तालिम सुरु

स.सम्बाददाता

नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) ले  महिलाका लागि १५ दिने महिला रिभर गाइड तालिम भोटेकोशीमा सुरु गरेको छ ।

 नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत उक्त तालिम लाई सहयोग गरेको हो ।  बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाईड तालिम सुरु गरिएको छ ।

रिभर गाईड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले निःशुल्क तालिम प्रदान गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले पहिलो पटक महिलाका लागि मात्र आयोजना गरिएको यो तालिमले जल पर्यटनको क्षेत्रमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको बताए ।

युएनडिपीकी कल्पना सरकारले कोभिड–१९ पछि पर्यटन मजदुर सबैभन्दा समस्यामा परेको भन्दै उनीहरुको जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको बताइन्। तालिमले महिलालाई  रोजगारी सिर्जनासँगै यस क्षेत्रमा भएको जनशक्तिको कमीलाई परिपूर्ति गर्ने बताइन।

जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत देशभर ६ हजारभन्दा बढी व्यक्तिलाई अल्पकालीन रोजगारी प्रदान गरिएको नेपाल पर्यटन बोर्डका निर्देशक एवं परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिए ।

 नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारीले नेपालको इतिहासमै पहिलो पटक पर्यटन बोर्ड तथा एसटीएलआरपी परियोजनासँगको सहकार्यमा नाराले महिला रिभर गाइडको निशुल्क तालिम सन्चालनमा ल्याएको जानकारी दिँदै तालिमबाट उत्पादिन जनशक्तिलाई नाराले रोजगारीको ग्यारेन्टि गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

 कार्यक्रमा नाराका महासचिव नारायण श्रेष्ठले जलयात्रामा महिलाहरुको सहभागिता न्युन रहेकाले युवाको आकर्षण बढाउन र महिलालाइ आत्मनिर्भर बनाउने महत्वपूर्ण उदेश्य बोकेर तालिमको आयोजना गरिएको बताउनुभयो । तालिमका प्रशिक्षक रेवती प्रसाद उपाध्यायले भोटेकोशी जलयात्राका लागि संसार कै उत्कृष्ट ७ औं नम्बरमा पर्न सफल नदी  भएको जानकारी दिँदै यस तालिमाट जनशक्ति विकास हुनेमा विश्वस्त रहेको बताउनुभयो । सुनकोशी गाउँपालिकाका प्रतिनिधी दीपक श्रेष्ठले गाउँपालिका बोर्ड तथा नारासँग सहकार्य गरेर अघि बढ्न तयार रहको बताउनु भयो ।

 असार १ देखि असार १५ सम्म सन्चालन हुने तालिममा शैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु दिइने परियोजनाका राष्ट्रिय कार्यक्रम प्रबन्धक ज्ञानेश्वर महतोले जानकारी दिनु भयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest