कोभिडको समयमा पर्बतारोहण संघका कर्मचारीहरु निस्कासित

स.सम्बाददाता:

नेपालको एकमात्र राष्ट्रिय अल्पाइन क्लब नेपाल पर्बतारोहण संघले सरकारको आदेस बिरुद्द कोभिड १९ को बिश्व महामारीको समयमा कर्मचारीहरु निस्कासन गरेको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले कोभिड १९ को बिश्व महामारीको समयमा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी निस्कासन गर्न नपाउने बताईरहेका बेला मन्त्रालयको समेत अंग मानियको नेपाल पर्बतारोहण संघले मन्त्रीको आदेश बिपरित ४ जना कर्मचारी निस्कासन गरेको छ ।

नेपाल पर्बतारोहण संघ वर्तमान कार्यसमितिले प्रमुख प्रसासकिय अधिकृत जिनेश सिन्दुराकर,सचिबालय अधिकृत सामा श्रेष्ठ,म्युजियोलोजिस्ट राजन जोशी, प्रसासकिय अधिकृत ऋषिराम पौडेललाई संघमा आर्थिक अभाब भयको भन्दै हालै निस्कासन गरेको हो । वर्तमान कार्यसमितिले एस अघि ग्रिष्मा ताम्राकार,राम ढकाल,नबिन नेपाली र रचना कुँवरलाई निस्कासन गरेको थियो ।

कार्यसमितिका केहि सदस्यहरुले कोभिड १९ को माहामारीको समयमा कर्मचारी निकाल्नु हुदैन र हाम्रो असहमति छ भनि लिखित असहमति राख्न खोज्दा अध्यक्ष सन्त लामा र महासचिब कुल बहादुर गुरुङले माइनुट पुस्तिका नदियको र असहमति पत्र दर्ता समेत गर्न नदियपछी बबरमहल स्थित जिल्ला प्रसासन कार्यालयमा आबश्यक कारबाही गरि पाऊ भनि असहमति पत्र दर्ता गरायका छन् । कार्यसमितिका निबर्तमान अध्यक्ष आङछिरिङ् शेर्पा, कार्यसमिति सदस्यहरु प्रा. डा.हरि प्रसाद श्रेष्ठ,पासाङ भोटे,आङदावा शेर्पाले जिल्ला प्रसासन कार्यालयमा आबश्यक कारबाही गरि पाऊ भनि असहमति पत्र दर्ता गरायका छन् ।

निस्कासन गरियका कर्मचारीहरु आफुहरुलाई अन्यायपुर्बक निकलियको भन्दै आन्दोलनमा उत्रियका छन् भने कानुनी उपचारको खोजीमा न्यायलय जानी बताउछन । आर्थिक अभाबका कारण कर्मचारी कटौती गर्नु परेको हल्ला चलायपनि करारमा नियुक्त गरियका कर्मचारी कुल प्रसाद राईलाई मासिक एक लाख तलब र आकर्षक सुबिधा दिईएको छ भने १७ वर्ष पुराना स्थाई कर्मचारी जिनेश सिन्दुराकारको मासिक तलब पैसठी हजार रहेको छ ।हाल संघमा ८ जना करार नियुक्त कर्मचारीलाई भने निरन्तरता दिईएको छ ।

 स्मरण रहोस वर्तमान कार्यसमितिको कर्यअबधि एक महिना मात्र बाकी छ । निर्बाचनको मुखमा आयर कोभिड १९ को माहामारीको समयमा स्थाई कर्मचारी निकाल्ने जस्ता कार्यको साधारण सदस्यहरुले निन्दा गरेका छन्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest