नेपाल क्लाइम्बिङ्ग खेल संघलाई अन्तराष्ट्रिय मान्यता

काठमाडौं सम्बाददा । नेपाल क्लाइम्बिङ्ग खेल संघले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले लामो प्रक्रियापछि आफुहरुले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको जानकारी गराएको हो ।

नेपाल क्लाइम्बिङ्ग स्पोर्ट्स एसोसिएसन (NCSA) राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भइ छोटो समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागीता जनाउने काम गदै आएको संघलाई स्पोर्ट क्लाइम्बिङ्गको अन्तराष्ट्रिय महासंघ (IFSC) ले पूर्ण सदस्यता प्रदान गरेको संघका अध्यक्ष हरि धरेलले बतायका छन् ।अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरे संगै संघमा थप जिम्मेवारी थापियको र संघ जिम्मेवारी निभाउन सक्षम रहेको अध्यक्ष धरेलले बताय ।

हरि धरेल

पत्रकार सम्मेलनमा संघका महासचिव मेघराज पौडेलले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेसंगै स्पोर्ट्स क्लाइम्बिङ्गको विकास, विस्तार र प्रबद्र्धनमा थप हौसला मिल्नुका साथै काम गर्न सहज हुने बताएका छन् ।‘स्पोर्ट क्लाइम्बिङ्ग खेल ओलम्पिकमा समेत सहभागी रहेको र संघ मातहत हाल ११ वटा जिल्ला संघहरु रहेको उनले बताय । महासचिव पौडेलले खेलको विकासका लागि राखेप, सरकार, अर्ध सरकारी निकाय, कर्पोरेट हाउस एवम निजी क्षेत्रसंग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताएका छन्।

मेघराज पौडेल

स्पोर्ट क्लाइम्बिङ्गको अन्तराष्ट्रिय संस्था ईन्टरनेश्नल फेडेरेशन अफ स्पोर्ट्स क्लाइम्बिङ्ग (IFSC) को पाँच महादेशमा ९१ वटा राष्ट्रिय संघहरु रहेका छन् ।जसमा अफ्रिकामा ६, एसियामा २४, युरोपमा ४३, ओसियनामा ४, अमेरिकामा १६ संघ रहेका छन् । दक्षिण एसियामा अब नेपाल सहित भारत, पाकिस्तान र श्रीलंका रहेका छन् । यस अघि नेपाल पर्बतारोहण संघले एस्तो सदस्यता प्राप्त गरेको थियो ।

स्पोर्ट क्लाइम्बिङ्गलाई सन् २०२० को टोकियो ओलम्पिक र पेरिस ओलम्पिकमा समेत समावेश गरिएको छ ।कार्यक्रममा  नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेसंगै क्लाइम्बिङ्गका गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।उनले ओलम्पिकमा समावेश क्लाइम्बिङ्गलाई ओलम्पिक कमिटिबाट मान्यता दिलाउन आफुले पहल गर्ने बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest