पर्यटन क्षेत्र सुचारु गर्न सरकारलाई व्यवसायीको दबाब

पर्यटन संग सम्बद्द संघ संस्थाहरुको छाता संगठनहरुले संयुक्त पत्रकार सम्मेलन गरि कोभिड १९ ले पूर्ण रुपमा बन्द रहेको पर्यटन क्षेत्र सुचारु गर्न सरकार संग माग गरेका छन् ।

पत्रकार सम्मेलनमा होटेल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले पर्यटन क्षेत्र अनिश्चितताको भुमरीमा परेकोले सरकारले निश्चित मापदण्ड बनायर सुचारु गर्नु पर्ने धारणा राख्नु भयो ।एशिया तथा छिमेकी राष्ट्रहरुले नाकाहरु र हवाई उडान बिस्तार खुल्दै गरेको आवस्थामा नेपाल सरकारले पनि पर्यटन सुचारु गर्ने तर्फ लग्नु पर्ने बताउनु भयो ।सरकारले अन्तरिक पर्यटनलाई प्राथमिकता दिय मुताबिक सोहि अनुसार पर्यटनलाई आगाडी बढाउनुपर्ने र कोभिड संगै काम गर्नु पर्ने अवस्था रहेको कुरा ब्यक्त गर्नु भयो ।

नाट्टाका अध्यक्ष अच्युत गुरागाईले कोभिडको प्रतक्ष्य असर पर्यटन क्षेत्रले भोग्नु परेको र पर्यटन ब्यबसाय ठप्प रहेकोले पर्यटन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।पर्यटन सबै भन्दा बढी प्रभावित रहेकोले अन्तराष्ट्रिय अभ्यास र अनुभब हेरी बिश्व स्वास्थ्य संगठनद्वारा जारी स्वास्थ्य सुरक्षा र नेपाल सरकारले जारी गरेको प्रोटोकलको पालना गर्दै पर्यटनका सेवाहरु सुचारु गर्न सम्बन्धित निकायहरु संग अनुरोध गरेको छ ।

ब्यबसायीहरुले अगस्ट १ तारिक बाट सम्पूर्ण आन्तरिक उडानहरु नियमित तालिका अनुसार सुरु गर्नु पर्ने र अगस्ट १५ बाट अन्तराष्ट्रिय तालिकाका उडानहरु सुचारु गर्नु पर्ने माग राखेका छन् ।साथै पर्यटकीय सवारीसाधनहरु ,पर्यटकीय क्षेत्रहरु ,गन्तब्य ,सेवा तथा बजारीकरणका आधारहरु सुचारु एबम चलायमान गराउन सरकारसंग माग गरेका छन्

पत्रकार सम्मेलनमा टानका अध्यक्ष खुम बहादुर सुबेदी,एयरलाइन्स अपरेटर्स एसोसिएसनका अध्यक्ष रामेस्वर थापाले ब्यबसायी आत्तिय पनि सरकार भने नआततियकाले ब्यबसायिहरु सरकारको प्रोटोकललाई मानेर ब्यबसाय सुचारु गर्न तयार रहेको बतायका थिय।पत्रकार सम्मेलनमा पर्यटन संग सम्बद्द ३० भन्दा बढी संघ संस्थाको उपस्थिति रहेको थियो ।        

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest