स.सम्बाददाता
लायन्स तथा लियो क्लब अफ काठमाडौं चाबहिल सिटीको आयोजना र लायन्स क्लब काठमाडौं कैलाश, लायन्स क्लब काठमाडौं क्यापिटल, लायन्स क्लब काठमाडौं हाईट, लायन्स क्लब नेपाल ईको फ्रेण्ड्ली, लायन्स क्लब काठमाडौं फेल्वोशिप, बुद्ध पार्क माडीको सहयोगमा चितवनको माडी ३ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयका ३१६ विद्यार्थीहरुलाई भाद्र ९ का दिन स्कुल ब्याग तथा स्टेशनरी सामाग्रीहरु वितरण गरिएको छ ।

प्रमुख अतिथि चाबहिल सिटीका अध्यक्ष जिम्बा ज्याङ्वु शेर्पाले बालबालिकाहरुलाई ब्याग स्टेशनरी सामानहरु हस्तान्तरण गरेका थिए । विद्यालय व्यवस्थापनका अध्यक्ष बलराम महतोको अध्यक्षता सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद महतोले स्वागत मन्तव्य राख्दै स्कुलको बारेमा बताएका थिए ।

प्रमुख अतिथि शेर्पाले माडीसम्म आएर स्कुलका बालबालिकाहरुका लागि सहयोग गर्न पाएकोमा हर्ष प्रकट गरे । कार्यक्रम बारे सिटीका सहसचिव सुरेन्द्रनाथ अधिकारीले प्रकाश पारेका थिए । स्कुलका बालबालिकाहरुको लागि एक लाख चौरानब्बे हजार बराबरको स्कुल ब्याग र स्टेशनरी सामानहरु उपलब्ध गराएको कार्यक्रमका संयोजक लायन एकेन्द्रराज चालिसेले बताए ।
कार्यक्रममा लायन्स क्लब चाबहिल सिटीका पूर्व अध्यक्ष लायन सनत मानन्धर, डिस्ट्रिक चिफ लायन सज्जनराम भण्डारी, सदस्यहरु लायन राजवहादुर श्रेष्ठ, लायन दुर्गा केसी लायन सम्झना अधिकारी, लायन शावित्री चालिसे, लायन मुना श्रेष्ठ, बुद्ध पार्कका सदस्यहरु प्रद्युम्न केसी, विकास शाक्य, निविना शाक्य र विद्यालयका शिक्षक शिक्षिकाहरु लगायतको उपस्थिति रहेको थियो ।