काठमाडौँ रिसर्च सेन्टरको गम्भीर ध्यानाकर्षण

सम्बाददाता

काठमाडौँ रिसर्च सेन्टरले एक बिज्ञप्ति प्रकाशित गरि गाउँ पर्यटनका जन्मदाता डा.सुरेंद्रभक्त प्रधानाङ्ग र सेन्टरलाई नै आघात पर्ने गरि सिरुबारी गाउँ पर्यटनका संचालक स्व.रुद्रमान गुरुंगलाई गाउँ पर्यटनका नायक भनेको प्रति काठमाडौँ रिसर्च सेन्टरको गम्भीर ध्यानाकर्षण भयको जनायको छ ।

गाउँ पर्यटनका नायक शिर्षकमा घुमफिर अनुभब भनि  सत्य तथ्यलाई विचार नगरी होमस्टे  सहित गाउँ पर्यटन सुरु गर्ने अगुवा क्याप्टेन रुद्रमान गुरुङ हुन् भनि गाउँ पर्यटन मार्ट २०७६-३१-३२ जेष्ठ पोखरा पुस्तिकामा प्रकाशन भयको लेख रचना त्रुटिपूर्ण र भ्रामक रहेको जनायको छ ।

गाउँ पर्यटनका जन्मदाता डा.सुरेंद्रभक्त प्रधानाङ्गलाई भेट गरि उहाको सल्लाह र सुझाबमा रुद्रमान गुरुंगले सिरुबारिलाई गाउँ पर्यटनको अबधारणालाई ब्यबसायिक रुप दियका हुन् । रुद्रमान गुरुङ पटक पटक काठमाडौँ रिसर्च सेन्टर आई सिरुबारिको सामुदायिक बन बनाउनी सोच लाई छाडेर  डा.सुरेंद्रभक्त प्रधानाङ्गले प्रतिपादन गरेको गाउँ पर्यटनको आबधारनालाई लागु गर्न तयार रहेको धारणा राखी सोहि मुताबिक सिरुबारीमा रुद्रमान गुरुङले गाउँ पर्यटनको सुरुवात गर्नु भयको हो ।उनलाई बेलायति नागरिक टोनी पारले साथ् दियका थिय ।पारले नेपाल भिलेज रिसोर्ट मार्फत सिरुबारी गाउँलाई १० वर्ष प्रचार प्रसार तथा प्रबर्दन गर्ने जिम्बेवारी लियका थिय। सत्यलाई बंग्याएर अमृत भादगाउँलेले लेखेको लेख प्रति सेन्टरले खेद प्रकट गरेको छ साथै भुल सुधार गरि सच्याउन पनि अनुरोध गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest