नेपाल बिधुत प्राधिकरणलाई खुल्ला पत्र :अर्थविद डा.प्रधानाङ्ग

नेपाल बिधुत प्राधिकरण रास्ट्रको एक मात्र ठुलो विधुतीय सरकारी संस्था हो ।यस प्राधिकरणले राष्ट्र र जनताको हितका लागि बिधुत उत्पादन तथा वितरण गर्दछ । यस अर्थमा प्राधिकरणको सेवालाई प्रशंसा नगरी बस्न सकिन्न ।नेपालको पर्यटन उद्योगको बिकासमा प्राधिकरणको भूमिका महत्वपूर्ण रहदै आयको छ ।प्राधिकरणले केहि क्षेत्रमा सुधार तथा संशोधन गर्नु पर्ने देखिन्छ ।

नेपालका अर्थविद तथा गाउँ पर्यटन अबधारणाका जन्मदाता डा. सुरेंद्रभक्त प्रधानाङ्गले एक बिज्ञप्ति प्रकाशित गरि नेपाल बिधुत प्राधिकरणले थ्रीफेज लाईन जडान गर्न घरधनीको सहमति फारम र मंजुरिनामा तथा कबुलियेतनामामा उल्लेखित सर्त तथा बन्देजहरु घोर आपत्तिजनक रहेको बिज्ञप्तिमा उल्लेख छ । साथै पर्यटकीय सहरमा विधुतीय धुवा फैलन नहुने बताउनु भयको छ । कबुलियतनामामा उल्लेखित अन्तिम बुदा “बिधुत महसुल नबुझाएको खण्डमा मैंले पेश गरेको जग्गा धनि प्रमाणपत्र वा मैंले पेश गरेको मंजुरिनामाको जग्गा तथा अधिराज्यभरी भयको मेरो हक भोगको स्थानीय स्थाई सम्पति रोक्का लिलाम गरि ने.बि.प्रा.ले आफ्नो बाकी बकौता सरकारी बाँकि सरह असुल उपर गरेमा मेरो मन्जुरी रहने भने खुसि राजीले यो कबुलियतनामा पेश गरेको छु ” भनी तयारी फारम तयार गरि  नेपाल बिधुत प्राधिकरणले सहि छाप गर्ने गराउने गरेको छ । यस्तो सम्पति रोक्का र लिलामी गर्ने प्राबधान ज्यादती भयो । यस कबुलियतनामा ,सम्पति रोक्का र लिलामी गर्ने अबांछनिय एबम अब्यबहरिक बक्यहरु हटाउनु  पर्दछ र पर्यटन ब्यबसायी तथा उद्योगलाई प्राथमिकता दिनु पर्दछ । यस्तो स्थितिमा होटल लज पर्यटन संग सम्बन्धित उद्योगहरुलाई थ्री फेज लाइन जरुरि पर्ने हुदा कबुलियतनामा अबिलम्ब संसोधन गर्न आबस्यक रहेको बिज्ञप्तिमा भनियको छ ।

प्राधिकरनको कबुलियत नामा हेर्दा सरकारले नेपाली जनताप्रति विश्वास नागेरको स्पस्ट हुन्छ । तिन महिना महसुल नबुझाएको खण्डमा तुरुन्त बुधुत लाइन काट्ने प्राबधान छ , यस प्राबधानलाइ कडाईका साथ् पालना गरे यस्तो कबुलियतनामाको आबस्यकता पर्दैन । जनप्रिय घिसिङ् प्राधिकरणको सीईओ भयको बेला कबुलियतनामा संसोधन गरि जनताको हितमा नीति नियम बनाउने तर्फ लग्नु आबस्यक छ । जनताको जग्गा रोक्का र लिलाम गर्ने भन्ने शब्द जनताप्रतिको बेयामानी हो ।

थ्री फेज लाइन जडान गर्न ट्रान्सफरमर राख्नुपर्ने प्राधिकरणले बताउदै आयको छ ।.ग्राहकको जग्गामा ट्रान्सफरमर जडान गर्न बाध्य बनाउनु ठिक छैन । प्राधिकरणले  आफ्नै स्वामित्वमा रहेको जग्गामा  ट्रान्सफरमर राख्नु पर्दछ । प्राधिकरण जस्तो श्रोत साधनले सम्पन्न सरकारी संस्थाले ट्रान्सफरमर राख्ने कुरामा जनतालाई दुख दिनु नहुने डा.प्रधानांगले बताउनु भयको छ ।

पर्यटन उद्योग रास्ट्रको आर्थिक मेरुदण्ड भयको भन्दै प्राधिकरणले पर्यटनमैत्री बिधुतको व्यवस्था गर्नु पर्निमा जोड दिनु भयको छ ।नेपाल बीधुत प्राधिकरणको ट्रान्सफरमर जडानका पोलहरु र ट्रान्सफरमर भएका स्थानहरुबाट बिधुत सर्ट भै आगो लागिका कारण जनधनको क्षति भयको घटना सबैले महसुस गरेको छ । खासगरी काठमाडौँको पर्यटकीयस्थल ठमेल, असनबजार ,न्युरोड ,थापाथली,पेप्सीकोला जस्ता घना बस्ति भयका स्थानहरुमा वडा कार्यालय संग समन्वय गरि ट्रान्सफरमर जोनको अवधारणा ल्याई बिधुतिकरणको ब्यबस्थापन गर्नु पर्ने बिज्ञप्तिमा उल्लेख छ ।

पर्यटकीय सहर काठमाडौँ,भक्तपुर,ललितपुर सफा सुग्घर र सुरक्षित र खतरामुक्त हुनु पर्दछ । पर्यटकहरु भ्रमण गर्दा उनीहरुले सुरक्षित महसुस गर्नु पर्दछ । त्यसैले प्राधिकरणको ध्यान बिधुत ब्यबस्थापन र वितरण प्रणाली बैज्ञानिक बनाउने तर्फ जानु आबस्यक छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest