पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा. रेग्मी

काठमाडौँ — पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा डा। धनन्जय रेग्मी छानिएका छन् । मंगलबार  बसेको पर्यटन बोर्डको सञ्चालक समितिले डा. रेग्मीलाई चार वर्षका लागि बोर्डको सीइओमा नियुक्त गरेको हो । स्याङजा पौवागडे जन्मथलो भएका ४५ वर्षीय रेग्मी चार वर्षका लागि बोर्डको पाँचौ सीइओ नियुक्त भएका हुन् ।

 पुस ८ गते निवर्तमान सीइओ दीपकराज जोशीको चारवर्षे पदावधि सकिएपछी बोर्डको संचालक समितिले नयाँ सीइओकालागि आवेदन दिने १९ आवेदकको छनोट प्रक्रियाको ३६ औं दिनमा रेग्मी छानिएका हुन्।

 छनोट उपसमितिबाट उत्कृष्ट तीन जनाको नाम सिफारिस भएको थियो , ‘तीमध्येबाट रेग्मी चार वर्षका लागि बोर्डको सीइओमा छानिएका हुन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest