पर्यटन व्यवसायि संगठन नेपालमा नया कार्यसमिति , अध्यक्षमा सिताराम सापकोटा

कम्निस्ट निकट पर्यटन व्यवसायिहरुको प्रथम भेलाले पर्यटन व्यवसायि संगठन नेपालको नया कार्यसमिति गठन गरेको छ | प्रथम भेलाले ७५ सदस्यीय केन्द्रिय कमिटी घोषणा गरेको हो । नेकपा का स्थायि कमिटि सदस्य तथा तत्कालिन नेकपा एमालेका उद्योग विभाग ईन्चार्ज मुकुन्द न्यौपानेले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराउनु भयको थियो | ७५ सदस्यीय केन्द्रिय कमिटि र ३५ सदस्यीय सचिवालयको गठन गरिएको हो ।

पर्यटन व्यबसायी संगठन नेपालको नया कार्यसमिति अध्यक्षमा सिताराम सापकोटा,उपाध्यक्षहरुमा बच्चु नारायण श्रेष्ठ, योगेन्द्र थापा,शन्तबिर लामा, अञ्जन थापा (कुमार), शिव लामिछाने, भिमप्रसाद पन्त र केदार शर्मा रहेका छन । त्यस्तै महासचिवमा राजेन्द्र प्रसाद सापकोटा, उपमहासचिवमा ध्रुव सिम्खडा र बिरेन्द्र अधिकारी,सचिवमा हरिभक्त श्रेष्ठ,ईश्वरी पौडेल,प्रकाश सिम्खडा,रामहरी शर्मा, देबराज ढकाल,दामोदर ढकाल, आङ्लामु शेर्पा तथा कोषाध्यक्षमा नमराज गौली र सह–कोषाध्यक्षमा सुमन न्यौपाने रहेका छन ।

त्यस्तै सदस्यहरुमा प्रेम कुमार श्रेष्ठ, जिस्वा तुलाधर, कृष्ण प्रसाद दाहाल, गणेश न्यौपाने, अर्जुन प्रधान,निम दोर्जे शेर्पा,धन बहादुर गुरुङ, अर्जुन कार्की, कृष्ण गोपाल श्रेष्ठ,शम्सेर पराजुली, प्रकाश उप्रेती, रवि रिजाल, धन बहादुर राई, फुरी ग्याल्जेन शेर्पा, शशी लामिछाने, तेम्बा तामाङ, निर्धोज लामा, भिम थापा, राजुमान डङ्गोल, तिलक लोहार,जीबनराज सापकोटा, शुशिल पौडेल, राजाराम सिलवाल, ईश्वर बोगटी, बिष्णु बाराकोटी, राममणि अधिकारी, राम जम्मकटे्ल, बलराम सुबेदी, राममणि रिजाल, रघु पौडेल, जाङबु शेर्पा, सन्जिब श्रेष्ठ, बलराम श्रेष्ठ, अलिन भट्राई, रमेश पराजुली, बिष्णु पाण्डे, केदरमणि खनाल, नवराज थापा, मधुकर बस्नेत, बद्री पाण्डे,मिङ्मा गेलु शेर्पा, अर्जुन पाण्डे, शिवहरी बजगाई, नबिन थापा, राम सिम्खडा र लीला लामा रहेका छन ।
कार्यक्रमका प्रमुख अतिथि मकुन्द न्यौपानेले पर्यटन अर्थतन्त्रको आधार भयको भन्दै सबैलाई संगठित भयर लाग्न आग्रह गर्नु भयो |सबैलाइ समेटेर लान नसक्दा अर्को संगठन जन्मियको बताउनु भयो |
कार्यक्रममा २२ पटक सगरमाथा आरोहण गरि किर्तिमान कायम गरेका कामिरिता शेर्पा र ९ पटक सगरमाथा आरोहण गरि किर्तिमान कायम राख्न सफल महिला आरोही लाक्पा शेर्पालाई सम्मान गरियको थोयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest