प्रतिवेदन चांडै आउंछ र समस्याको समाधान हुन्छ–मन्त्री अधिकारी गलत गर्ने जो सुकै भए पनि कार्वाही हुन्छ–पर्यटन सचिव

स. सम्वाददाता
टेकिड्ड व्यवसायभित्र हुने गरेको रेस्क्यूका नाममा पर्यटकलाई ठगी गर्ने कुराले यतिखेर पर्यटन क्षेत्र नै आक्रान्त बनेको छ । सोही विषयमा हालै टे«किड्ड व्यवसायिको छाता संगठन टे«किड्ड एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले छानविन समितिले चा“डै प्रतिवेदन बुझाउने र आवश्यक कार्वाहि अगाडि बढाई समस्याको समाधान गरिने बताउनुभएको छ ।
अन्तक्र्रिया कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले रेस्क्यूका नाममा पर्यटकलाई ठगी गर्ने जो सुकै भए पनि कार्वाहिको भागिदार हुने बताउनु भयो । टानका अध्यक्ष नवराज दाहालले टे«किड्ड व्यवसायका विविध समस्यामाथि प्रकास पार्दै रेस्क्यूका नाममा चाहिने भन्दा बढि हल्ला चलाएर व्यवसायिमाथी गम्भिर आरोप लगाइएको बताउनु भयो ।
टानकी संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठले सरकारले पर्यटन विकास गर्न सुहाउ“दो पर्यटन निती आवश्यक रहेको भन्दै सबै मिलेर मात्र पर्यटन विकास सम्भव हुने बताउनु भयो । टानकी पूर्व अध्यक्ष एवं पूर्व पर्यटन राज्यमन्त्री याङकिला शेर्पाले अवैधानिक
तरिकारले टे«किड्ड सञ्चालन हुने गरेको र त्यसलाई रोक्न सरकारले ध्यान दिनु पर्ने बताउनु भयो ।
अन्तक्र्रिया कार्यक्रममा टे«किड्ड व्यवसायि तिलक लामाले नेपालको पर्वतिय पर्यटनलाई ध्वस्त बनाउन
रेस्क्यूमा ठगी जस्ता अनावश्यक हल्ला चलाइएको बताउनु भयो । कार्यक्रममा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष सि.एन. पाण्डे, नेपाल पर्वतारोहण संघका महासचिव कुल ब. गुरुड्ड, टानका पूर्व अध्यक्ष टिपक महत लगायतका व्यक्तिले सरकारले रेस्क्यू निति ल्याउनु पर्ने र पर्वतिय पर्यटनको महत्व बुझेर व्यवसायिका समस्यालाई समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest