पर्बतारोहण संघलाई परिषदमा लैजाने तयारी

काठमाडौँ । नेपाल पर्बतारोहण संघलाई बिघटन गरि पर्बतारोहण परिषदमा लैजाने तयारी भयको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मत्रलायाका सचिब केदार बहादुर अधिकारीले दोश्रो आइस क्लाइम्बिंग फेस्टिबलको समापन समारोहलाई सम्बोधन गर्ने क्रममा पर्बतारोहण संघलाई परिषदमा लैजानु उपयुक्त हुने कुरा ब्यक्त गरेका थिय ।परिषदमा गयपछि भने सरकारलेनै राजनीतिक नियुक्ति गर्ने प्राबधान रहेको समेत बताय । 

भ्रमण बर्षको प्रबर्दनमा आइस क्लाइम्बिंग फेस्टिबलको आयोजना हुनु राम्रो भयको भन्दै आगामी बर्षहरुमा निरन्तरता दिनु पर्ने र मन्त्रालय आबश्यक सहयोग गर्न तयार रहेको सचिब अधिकारीले ब्यक्त गरे । कार्यक्रममा दोश्रो आइस क्लाइम्बिंग फेस्टिबलका सहभागी तथा सहयोगीहरुलाई सम्मान गरियको थियो ।

पर्यटन मत्रालयले पर्बतारोहण संघलाई पत्राचार गरि संघले उठायको हिमालको राजस्व सरकारी कोषमा जम्मा गर्न दियको निर्देशन पछी पर्यटन सचिबले संघलाई परिषदमा लैजाने कुरा ब्यक्त गरे संगै संघमा खैलाबैला सुरु भयको छ ।मन्त्रालयले संघलाई पठायको पत्र कार्यसमितिले लामो समय सम्म गुपचुप राख्नु र मन्त्रालयको निर्णयमा कार्यसमितिलाई गुमराहमा राखी अध्यक्ष र महासचिबले हस्ताक्षर गरेको भनि कार्यसमिति सदस्य,साधारण सदस्य र पर्बतारोहिहरु अध्यक्ष र महासचिबको कार्यशैली प्रति रुस्ट बनेका छन् ।संघले मन्त्रालयको पत्रमाथि ढाकछोप गर्न झन्डै २ महिना पछी पत्रकार सम्मेलन गरि पत्रको अप्ब्याख्या गर्दै सरकारले केहि प्रतिशत मात्र रकम बुझाउन भनेको तर्क राखेको छ ।जुन कुरा मन्त्रालयको पत्रम प्रतिशत भन्ने उल्लेखनै छैन । आफ्नु कार्यअबधि सकिनै लाग्दा माषिक २ लाख थप भार पर्ने गरि नया कर्मचारी भर्ना गरेर बजेटमा नभयको खर्च गर्ने जस्ता कार्यले कार्यसमिति थप बिबादित बनेको छ ।  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest