बनेपाले गर्यो डेनमार्क बाणिज्यदुत हरि धरेल लाई स्वागत

स.सम्बाददाता

काभ्रे जिल्लाको बनेपा नगरपालिकाले नेपालकालागि डेनमार्कका बाणिज्यदुत हरि धरेललाई स्वागत गरेको छ । साउन १२ गते बनेपा नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा नगर प्रमुख शान्ति रत्न शाक्यले डेनमार्कका बाणिज्यदुत हरि धरेललाई स्वागत गर्नु भयको थियो ।

कार्यक्रममा नगरपालिका उपप्रमुख बिमला सापकोटाले स्वागत मन्तब्य ब्यक्त गर्दै बनेपा नगरपालिकालाई सहयोग गर्ने डेनमार्क सरकारका बाणिज्यदुत लाई स्वागत गर्न पाउदा खुसि लागेको बताउनु भयो । कार्यक्रममा प्रोफेसर डा. उत्तम कृष्ण कर्माचार्यले बिगतमा डेनमार्क सरकारले बनेपा नगरको बिकासमा पुर्याएको योगदान र सहयोगको  बारेमा प्रस्ट्याउनु भयको थियो ।

बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले डेनमार्क सरकारले बिगतमा बनेपा नगरको बिकासमा ठुलो सहयोग गरेको प्रति प्रसंसा गर्दै आगामी दिनमा बनेपा नगरको बिकासमा अझ सहयोग पुग्ने बिस्वास ब्यक्त गर्नु भयो । स्वागत कार्यक्रममा बनेपा नगरपालिकाका वडा अध्यक्ष लगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

नेपालकालागि डेनमार्कका बाणिज्यदुत हरि धरेलले बनेपा नगर प्रमुखले आफुलाई स्वागत गरेको प्रति आभार व्यक्त गर्दै नगरपालिका परिवार र नगरबासीलाई धन्यवाद दिनुभयो । साथै आगामी दिनमा नेपाल र डेनमार्कको सम्बन्ध प्रगाड बनाउन आफु लागि पर्ने र बनेपा नगरको बिकासमा बिगतमा डेनमार्क सरकारले गरेको सहयोगलाई आगामी दिनमा के कसरि अगाडि बढाउन सकिन्छ भन्ने बिषयमा दुतावाससंग सल्लाह गर्ने बताउनुभयो । बाणिज्यदुत हरि धरेलले डेनमार्क सरकारको सहयोगमा निर्माण गरियको बनेपाको फरक क्षमता भयका बिद्यार्थीहरुका लागि बनाईएको आदर्श बालविकास केन्द्र भवनको  अबलोकन गर्नु भयको थियो ।  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest