एशोसिएटतर्फको सबैभन्दा धेरै मत डा.रामशरण थपलियालाई : नेपाल उद्योग वाणिज्य महासंघ

स. सम्बाददाता

नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् ।उनले अञ्जन र उमेशलाल श्रेष्ठको प्यानलका भरतराज आचार्यलाई हराएर निर्बाचित भएकी हुन् ।

एशोसिएट सदस्यतर्फ सबैभन्दा धेरै मत डा. रामशरण थपलियाले प्राप्त गरेका छन् । सबैभन्दा धेरै मत पाउने १९ सदस्य विजयी भएका छन् । सदस्यतर्फ सबैभन्दा धेरै मत डा. रामशरण थपलियाले १४४० र दोस्रो धेरै मत मनोज पौडेलले १३७३मत पाएका छन् ।

 जिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलका सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest