सुरेंन्द्रभक्त प्रधानाङ्गलाई डा.बाबुराम पोखरेल स्मृति समाज द्वारा सम्मान

स.सम्बाददाता –

नेपालको पर्यटन बिकासमा गाउँ पर्यटनको अबधारणा विकास गरि पर्यटन क्षेत्रमा नया आयाम ल्याउन सफल गाउँ पर्यटनका जन्मदाता डा.सुरेंद्रभक्त प्रधानाङ्गलाई डा.बाबुराम पोखरेल स्मृति समाज द्वारा हालै एक कार्यक्रम बीच सम्मान गरियको छ ।

गाउँ पर्यटनको अबधारणा विकास गरि नेपालको आर्थिक तथा शैक्षिक समुन्नतिका लागि पथप्रदर्शक,पाठ्यक्रम निर्माण,अध्यन अध्यापन र देश विकासकालागि योजना निर्माणमा खेल्नु भयको भूमिका लगायत ग्रामिण पर्यटन प्रबर्दनका लागि खोज,अनुसन्धान,सभा सम्मेलन,गोष्ठीको आयोजना तथा सहभागिता,अन्तरास्ट्रिय जगतमा नेपालको गाउँ पर्यटनको बिकासमा खेल्नु भयको अतुलनीय योगदानको उच्च कदर गर्दै नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरियको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रि माननीय दिपेन्द्र श्रेष्ठ तथा डा.बाबुराम पोखरेल स्मृति समाजका उपाध्यक्ष डा. बबिन पोखरेलले सम्मान गर्नु भयको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest