सम्पदा संरक्षणको आव्हान सहित विश्व सम्पदा दिबस मनाइयो

स सम्बाददाता –

नेपाल सम्पदा संघले बिबिध कार्यक्रमको आयोजना गरि बिस्व सम्पदा दिबस २०२२ मनायको छ । १८ अप्रिलका दिन सम्पदा संरक्षणको नारा सहित विश्वभरि विश्व सम्पदा दिबस मनाउने गरिन्छा ।

नेपालमा पनि १८ अप्रिलका दिन नेपाल सम्पदा संघले सरोकारवाला संग सम्पदाको महत्व र संरक्षण बिषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । होटल मनास्लुमा आयोजित कार्यक्रममा सांस्कृतिक सम्पदाका बिज्ञ हरि राम जोशीले सांस्कृतिक सम्पदा बिग्रदै गयको प्रति चिन्ता व्यक्त गर्दै सांस्कृतिक सम्पदाको महत्व बुझेर संरक्षणमा लग्न सबैलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा हिमालयन बैंकका हिमालय सम्शेर राणा र बरिस्ठ मूर्तिकार कालु कुमलेलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियको थियो । सोहि समारोहमा नेपाल सम्पदा संघबाट प्रकाशित स्मारिका बिमोचन गरियको थियो । कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि मिचेल क्रोफ्टले बोल्दै नेपाल सम्पदाको धनि भयको भन्दै युबा पुस्तालाई सम्पदा संरक्षणमा लग्न आग्रह गर्नु भयो । कार्यक्रममा एन.एम बि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी ,पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम,गुठि संस्थानका कार्यकारी निर्देशक किरण शाक्य लगायतले सम्पदाको महत्व बारे प्रकाश पर्नु भयको थियो।

कार्यक्रममा नेपाल सम्पदा संघकि अध्यक्ष अम्बिका श्रेष्ठले सम्पदा सबैको साझा साम्पति भयको यसको संरक्षण गर्नु सबैको कर्तब्य भयको बताईन ।

यस आघि बैशाख ३ गते एन.एम बि बैंक बबरमहलबाट बैंकका कर्मचारी सहित सम्पदा संरक्षणमा जुट्न आव्हान गर्दै बबरमहल, माइतीघर,भद्रकाली,धरहरा हुदै बसन्तपुर सम्म पदयात्रा गरियको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest